Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

संशोधन विद्येयक अघि बढाउने सरकारको तयारी : के होला आज संसदमा ?

\"\"काठमाडौं, २४ पुस । संसदको बैठक स्थगित गरेपछि सभामुख ओनसरी घर्तिमगरको पहलमा शिर्ष तिन दलका तिन नेताहरुको छलफल भएको थियो । सभामुखका प्रेस सल्लाहाकार बविन शर्माका अनुसार संशोधन विद्येयक र सदन अवरोध खुलाउनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेन । तीन नेताबिचको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्ड र ओलीबितच अहिले गोप्य वार्ता भएपनि सहमति हुन सकेन । दुई नेताबिचको बसाई लगत्तै फेरी तीन दलबिच छलफल पनि विना निष्कर्ष टुङ्गियो । एमाले लगायतका नौ दलले संसद अवरोध गर्ने र सरकारले विद्येयकमाथि छलफल चलाउने निर्णय गर्नुले संसदमा भिडन्तको स्थिति त बन्दैन भनेर आशंका गरिएको छ । यता ब्यवस्थापिका संसदको आइतबारको बैठकमा विरोधकाबीच पनि संशोधन विधेयक टेबुल गर्ने तयारी गरिएको छ । आइतबारको १ बजेका लागि डाकिएको पहिलो बैठक शोक प्रस्ताव पारित गरी ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । संसद बैठकले पूर्व सांसद मणिराज पोख्रेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो । २०१५ सालमा तत्कालीन क्षेत्र नम्बर १६ खोटाङबाट सांसद बनेका पोख्रेलको पुस १८ गते निधन भएको थियो । शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका कारण विपक्षी दलहरुले पहिलो बैठक चल्न दिएका थिए । सत्तारुढ दल संसोधन विधयेक आजै टेबुल गर्ने पक्षमा छन् भने प्रतिपक्षी एमाले यसको विरोधमा छ । विरोधकाबीच सदन चलाउने तयारी गरेपछि विपक्षी दलहरुले प्रतिवाद गर्ने तयारी गरेका छन् । एमालेसहितका विपक्षी दलहरुले मर्यादित ढंगले विरोध गर्ने निर्णय गरेपछि सदन विरोधकाबीच सञ्चालन गर्ने तयारी गरिएको स्रोतले बताएको छ । विहान बसेको एमाले नेतृत्वको ९ दलीय विपक्षी गठबन्धनले संसद अवरोधलाई निरन्तरता दिने तर मर्यादित तरिकाले विरोध गर्ने निर्णय गरेको छ । बैठकले विरोधको शैलीलाई शिष्ट र मर्यादित बनाउने निर्णय गरेको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए । संसदको बैठक स्थगित गरेपछि सभामुख ओनसरी घर्तिमगरको पहलमा शिर्ष तिन दलका तिन नेताहरुको छलफल समेत भएको सभामुखका प्रेस सल्लाहाकार बविन शर्माले बताएका छन् । संशोधन विद्येयक र सदन अवरोध खुलाउनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच छलफल छलफल भएपनि कुनै निष्कर्ष निस्किसकेको भने छैन । तीन नेताबिचको छलफल लगत्तै प्रधानमन्त्री प्रचण्ड र ओलीबितच अहिले गोप्य वार्ता भईरहेको छ । दुई नेताबिचको बसाई लगत्तै फेरी तीन दलबिच छलफल हुने एक नेकपा माओवादी केन्द्रका एक नेताले बताए । एमाले लगायतका नौ दलले संसद अवरोध गर्ने र सरकारले विद्येयकमाथि छलफल चलाउने निर्णय गर्नुले संसदमा भिडन्तको स्थिति त बन्दैन भनेर आशंक गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: