Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

नेपालमै पहिलो पटक माैसमी राडर राख्ने तयारी

काठमाडौँ, २४ पुस । मुलुकको मैसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले नेपालमै पहिलो पटक मैसमी राडर राख्ने तयारी गरेको छ । मौसमीय पूर्वसूचनालाई प्रभावकारी बनाउन मौसमी राडार जडानका लागि खरिद प्रक्रिया अघि बढेको विभागका महानिर्देशक डा ऋषिराम शर्माले जानकारी दिए । उनका अनुसार सुर्खेतको रातानाङ्ला, पाल्पाको सिद्धिकोट र उदयपुरको नामेटारमा मौसमी राडार राखिनेछ । तीमध्ये सुर्खेतको राडारका लागि एसियाली विकास बैंकको जलवायु प्रकोप समुत्थान निर्माण अन्तर्गत आर्थिक सहयोग रहनेछ भने बाँकी दुई स्थानको राडराका लागि नेपाल सरकारले खर्च गर्नेछ । राडार जडानसहित सबै खर्च प्रतिराडर करिब रु २० करोड पर्नेछ । मौसमी सूचना प्रणालीको अत्याधुनिक उपकरण राडार राखेपछि समयमै सही सूचना सहज रुपमा प्राप्त हुनेछ, यसले मुलुकको उड्डयन क्षेत्रलाई सुरक्षित तथा प्राकृतिक प्रकोप बाढी, पहिरो आदि घटनालाई न्यूनीकरण गर्न सहयोग पुग्ने महानिर्देशक शर्माको भनाइ छ । हाल सीमित उपकरण भए पनि विभागले मौसम तथा प्राकृतिक प्रकोपका घटनाबारे पहिला नै सूचना प्रदान गर्दै आएको छ । विभागले हाल काठमाडौँ उपत्यकासहित देशका एक सय २० स्थानमा स्वचालित मौसमी उपकरणबाट मौसमी सूचना लिने गरेको छ । सो सङ्ख्यालाई विभिन्न स्थानमा बढाएर तीन सय पु¥याइने र यसबाट तथ्य सङ्कलन र बढी सूचना प्राप्त गर्न सकिने बताइन्छ । स्वचालित उपकरण सीमित ठाउँमा भएकाले मौसमी सूचना समेट्न समस्या भएकाले विस्तार गर्न लागिएको विभागले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले मौसमी सूचना सङ्कलन गरी आफ्नो वेबसाइटमा राख्ने गरेको छ । नेपालमा तीन दिनसम्मको मौसम पूर्वानुमान हुने गरेको छ । मौसम सूचना मौसमविद्का अनुसार पृथ्वीको सतहदेखि १६ किमी माथिसम्मका विभिन्न स्तरका तथ्याङ्क लिएर मौसमी हरहिसाब गरिन्छ । युरोपेली र चिनियाँ भूउपग्रहबाट प्राप्त तस्बिर पनि प्रयोग गर्ने गरिएको छ । आधुनिक प्रविधिको प्रयोगका कारण पछिल्लो समय मौसमको भविष्यवाणी पनि धेरै मिल्ने गरेको मौसमविद्को धारणा छ । भूउपग्रहको तस्बिर र वायुमण्डलको अवस्था हेरेर पनि मौसमको भविष्यवाणी गरिन्छ । महानिर्देशक शर्माले भूउपग्रही र विश्वव्यापी ढाँचा वेदर रिसर्ज एन्ड फोरकास्ट ९डब्लुआरएफ०बाट अहिले मौसमी सूचना सङ्कलन गरिँदै आएको बताउनुभयो । सो मोडलबाट विश्वभरबाट तथ्याङ्क लिएर नेपालको मौसमको भविष्यवाणी गरिन्छ । मौसम विभागले आफ्नो सेवालाई अझ व्यवस्थित र विस्तारित गर्न बबरमहलस्थित पुरानो कार्यालय परिसरमा पाँचतले सुविधासम्पन्न भवन निर्माणको काम पनि अघि बढिरहेको जनाएको छ । पश्चिमी वायुले वर्षा पश्चिमी वायुको प्रभावले मौसम बदलीसँगै केही स्थानमा वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पूर्वी र पश्चिमी भेगका पहाडी क्षेत्रका केही भेगमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएको मौसमविद् वरुण पौडेलले राससलाई जानकारी दिए । उनका अनुसार अहिले काठमाडौँ उपत्यकाबाहेक देशभर आंशिक बदली छ भने साँझ पूर्वी र सुदूरपश्चिमका पहाडी भेगमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ । एक÷दुई दिनपछि मात्र यो प्रणालीमा सुधार आउनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम तीन र अधिकतम १८ डिग्री सेल्सियस छ । सबैभन्दा कम जुम्लामा शून्य दशमलव तीन र सबैभन्दा बढी सिमरामा २४ डिग्रीसेल्सियस तापक्रम रहेको छ । दिपायलमा १७, डडेलधुरामा २२, जुम्लामा नौ र नेपालजन्जमा दुई मिमी वर्षा भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending