Ntc summer Offer
Khabar Dabali १३ पुष २०८१ शनिबार | 28th December, 2024 Sat
Investment bank

'मेरै सामुन्ने छोरो मारे'

ईंटाभट्टाका मालिकले मजदुरको हत्या गरे । मजदुर छोरो मारिएको प्रत्यक्ष देखेकी आमाको बयान गत मंसिर २८ गते विहानको घटना हो । शम्भुनाथ नगरपालिका–८, भंगहाका जोगिन्द्र सदा आफ्नै घरमा परिवारका अरु सदस्यहरूसंग घुर ताप्दै थिए । उनी काम गर्ने इटाभट्टाका मालिक रामसुन्दर चौधरी उनकै घरमा पुगेर उनलाई भट्टामा काम गर्न जान निर्देशन दिए । तर जोगिन्द्रले विगत ३ वर्षयता काम गरेको हरहिसाव नदिएसम्म काम नगर्ने सुनाए । ‘मुसहर’ भएर मुखमुखै लाग्ने भन्दै चौधरीले दाउराको चिर्पटले जोगिन्द्रको टाउकोमा हिर्काए । त्यही चोटले उनको मृत्यु भयो ।  ७ जना छोरा–छोरी, श्रीमती र ७५ वर्षीया वृद्ध आमा सहित ९ परिवारका एक मात्र सहारा रहेका जोगिन्द्रको हत्यापछि अहिले उनको परिवार शोकमा डुवेको छ । शोकसंगै ४ जना छोरा–छोरीको लालन पालन कसरी गर्ने  भन्ने चिन्ताले उतिकै सताएको छ ।  राजविराजदेखि करिब २१ कलिोमिटर पश्चिम र राजमार्गको दुई किलोमिटर उत्तरमा पर्ने भंगहा टोलमा १६ परिवार मुसहर बसोबास गर्छन् । सबै घरका सदस्य इटाभट्टामा मजदुरी गर्छन् । श्रम शोषणको विरोधमा समान्य आवाज उठाउँदा समेत मालिकले श्रमिकको हत्या गरेकोमा उनीहरु आक्रोषित छन्  । हत्या गरिएका जोगिन्द्र सदाकी ७५ वर्षीया आमा फुलसरीया सदासँग रेकर्ड नेपालका प्रतिनिधि भोला पासवानले कुराकानी गरेका थिए । फुलसरीयाको बयानको संपादित अंशः मेरो विवाह हुनुभन्दा पहिलेदेखि ऐलानी जग्गामा १६ परिवार मुसहरहरू बस्दै आइरहेका छन् । करिब ३/४ वर्ष अघि कल्याणपुर–५ का मोहवित चौधरीले घर नजिकै इटाभट्टा सुरु गरे । दैनिक ज्याला मजदुरी गरेर खाने भंगहाका १६  मुसहर परिवारका महिला, पुरूष र बालबालिका भट्टा संचालनभएदेखि नै त्यहाँ काम गरिरहेका थिए । अहिले एक हजार इट्टा बनाएवापत रु १ हजार दिने सर्तमा यहाँका मुसहरहरू भट्टामा काम गरिरहेका छन् । घरमा काम गर्न सक्ने सबैले विहान उठेदेखि बेलुकासम्म सास नफेरि काम गर्यो भने दिनमा एक हजारदेखि १२ सयसम्म इटा बनाउन सकिन्छ । त्यसरी सबै जुटेर काम गर्दा एक परिवारले दैनिक एक हजार कमाउँछ । इटाभट्टा संचालकले साप्ताहिक रूपमा हिसाव गरेर पैसा दिनु पर्ने हो । तर, भट्टा संचालन भएदेखि काम सुरू गरेका मुसहर समुदायले कुनै हप्ता पनि पुरा पैसा पाएनन् । भट्टा मालिक चौधरीले दैनिक सयका दरले बचत गरिदिन्छु भन्दै रकम कट्टा गरेर राख्थे । तर जम्मा गरिएको भनिएको रकमको हिसाब अहिलेसम्म दिइएको छैन । दैनिक रु दुई सय कट्टा गर्दा पनि मजदुरले हप्तामा ५ देखि ६ हजारसम्म रकम हात पार्नु पर्ने हो । तर इटा बेचेको पैसा उठेको छैन भन्दै मालिक चौधरीले ५ सय भन्दा बढी रकम कहिल्यै दिएनन् । प्रति इटा १२ रूपैयाँका दरले बेच्छन् तर मजदुरलाई ज्याला दिन कन्जुस्याईं गर्छन् । चौधरीले ‘तिमीहरूलाई बार्षीक रूपमा एकै पटक हिसाब गरेर दिन्छु’ भन्दै पैसा कटौती गरेर राखे, तर वर्षौंदेखिको जम्मा रकम दिएका छैनन् । भट्टा मालिकले दिने पैसाले मजदुरहरूलाई दुई छाक खान अपुग हुन्छ । तर मालिकले हाम्रो दुःख कहिल्यै बुझेनन् । इमान्दार भएर हिसाब गर्ने हो भने प्रत्येक परिवारले लाखौं रुपैयाँ पाउनु पर्ने देखिन सक्छ । साप्ताहिक सात हजार कमाउनेहरूको घरको यस्तो विजोग छ । सबै फुसका झुप्रा मात्रै छन् । अहिले पनि पाउनु पर्ने रकम हात लाग्ने हो भने मुसहरकोे पनि घर इटाको बन्न सक्छ । तर खोइ कसले बोलिदिने ? गाउँका मानिसहरु एक हप्तादेखि चौधरीको भट्टामा काम गर्न छोडिसकको थिए । उनीहरू अर्को भट्टाको खोजीमा थिए । सितलहर सुरूभएदेखि जोगिन्द्र पनि काम गर्न जान छोडेको थियो । काम गर्न छोडेको एक हप्ता बितिसकेको थियो । त्यस दिन विहान बाक्लो हुस्सु लागेको थियो । सित परिरहेको थियो ।  करिब ७ बज्दै थियो होला । इटाभट्टा मालिक मोहवीत चौधरीका छोरा रामसुन्दर उसको भाइ अशोकान्तसंगै हाम्रो घर आयो । हामी घुर तापिरहेको ठाउँमा आएर मोटर साइकल रोक्यो । मोटरसाइकल रोक्न नपाउँदै जोगिन्द्रलाई सोध्योः काम गर्न किन नगएको ? जोगिन्द्रले भन्यो, ‘अब म तपाईको भट्टामा काम गर्दिन ।’ रामसुन्दरले भन्यो, ‘त्यसो भए घर बनाउन ल्याएको इटाको १२ हजार रूपैया अहिले नै दे ।’ जोगिन्द्रले पनि आफ्नो मजदुरीको हिसाब माग्यो । यतिकैमा सामान्य भनाभन हुँदै थियो, रामसुन्दरले हात लगाइहाल्यो । रामसुन्दरले जोगिन्द्रले भुईंमा पछार्यो । जोगिन्द्रले त्यसको प्रतिकार गर्यो । बुहारी र नातीनी उनीहरुलाई रोक्न गए । जनोगिन्द्रको छातीमा बसेर कुटिरहेको रामसुन्दरलाई बुहारी र नातीनीले कपाल समातेर पर हुत्याए । जोगिन्द्र नउठ्दै रामसुन्दरले नजिकै रहेको दाउराका चिर्पटले ताकेर जोगिन्द्रको टाउकोमा हिर्कायो । जोगिन्द्र मुर्छा परेर ढल्यो । टाउकोबाट लागातार रगत बगिरहेको थियो । हिर्काएर भाग्न खोजेका रामसुन्दरलाई करिब ५० मिटर पर गाउँका महिलाहरूले घेरे । तर रामसुन्दरले मोवाइलबाट फोन गरेर उसको बाबुलाई बोलायो । उसको बाबुले यहाँ आएर भने, ‘काम गर्न नजाने तिमीहरुलाई ठिक पार्यो ।’ र उनले छोरालाई जबरजस्ति यहाँबाट भगाए । मेरा आखाँ अगाडी मेरो छोरोको टाउकोबाट रगत बगिरह्यो, तर मैलै केही गर्न सकिन । हतपत एम्बुलेन्स बोलाएर जोगिन्द्रलाई अस्पताल लिएर गए चौधरी । मेरो कान्छो छोरा राजकुमार, बुहारी र नातीनी पनि सँगै गएका थिए । नजिकैको अस्पतालमा उपचार नहुने भएपछि बिराटनगर लैजानु भनिएछ । अस्पतालबाटै रामसुन्दरका बुवा पनि फरार भए । विराटनगर अस्पतालको गेटमा नपुग्दै जोगिन्द्रको मृत्यु भइसकेको थियो । भोलीपल्ट विहानदेखि नै चौधरीका आफन्त आएर जोगिन्द्रको दाहसंस्कार गर्न दवाव दिन थाले । तर भूमिअधिकार मंचका सुरैत सदा, पूर्व सांसद अर्सफी सदा लगायतका दलित नेताहरू घटनास्थल पुगेपछि उनका आफन्त यहाँबाट भागे । मेरा ५ छोरा थिए । श्रीमान त छोराहरू सानो छँदै वित्नुभो । जेठो छोरो भिखनको १५ वर्षकै उमेरमा सप्तरीकै जमुवा–प्रिप्राही गाउँमा विहे गरें । विहे लगत्तै ससुरालीका व्यक्तिहरूसंग कमाउन पंजाब गयो । काम गर्न गएका अरू सबै फर्केर आए, तर मेरो छोरा ३० वर्ष भइसक्यो फर्केर आएको छैन । अब त फर्केर आउँछ भन्ने आश पनि छैन । पाँच मध्ये एउटा छोरो गयो त के भयो, चार जना अझै बाँकी छन् भनेर चित्त बुझाएँ । तर ५ वर्ष अघि दशैंको बेला सप्तमीको दिन सबै जना रमाइलो गरिरहदाँ, मेरो अर्को छोरो बालबच्चाको दशैं राम्रो बनाउनका लागि दाउरा लिन जंगल गयो । तर त्यहीं पहाडबाट लड्यो । पैसा अभावमा उपचार गराउन सकिएन । सात दिनमा उसलाई अस्पतालबाट घर फर्काएर ल्यायौं । आठौं दिनमा दोस्रो छोरो राजनलाई पनि गुमाएँ । दोस्रो छोरो बितेको २ वर्षपछि नयाँ वर्षका दिन अर्को छोरो विजयले आफनो छोरा इन्दललाई लिएर शम्भुनाथ मेला जाँदा सवारी दुर्घटनामा ज्यान गुमायो । यो छोरो गुमाउँदा म महिना दिनसम्म अचेत रहें । त्यस घटनालाई पनि भगवानको मर्जी भनेर नाती नातीनीको मुख हेरेर मन भुलाएँ । तर चौथो छोरो जोगिन्द्रलाई आखाँ अगाडीनै हत्याराले हत्या गर्दा पनि म अभागीले बचाउन सकिन । छोरोको रगत रोक्न सकिन । अरु दुःख त कति छ कति, अब बाँकी रहेको छोरोलाई पनि कसैले केही गरिदेला भन्ने पीरले मलाई सताउँछ । अहिले मान्छेहरु मलाई हत्यारासँग पैसा लिएर मिलापत्र गर् भन्न आएका छन् । भिख मागेर बालबच्चा पाल्छु तर हत्यराहरूलाई सजाय दिलाउँछु । हो, प्रहरी प्रशासन पनि पैसा हुने धनीमानीको मात्रै कुरा सुन्छ । हत्यारा रामसुन्दर, जोगिन्द्रको हत्या हुँदै गर्दा रमिता हेरेर बस्ने उसको भाइ अशोकान्त, र हत्यारालाई भगाउने उसको बाबु मोहवित सबै दोषी छन् । तर प्रहरीले तीन जना विरुद्धका किटानी जाहेरी दर्ता गर्न मानेन । हामी गरिब मुसहरलाई कसले मद्दत गर्छ ? नेताहरू पनि मालिककै कुरा मात्रै सुन्छन् । हाम्रो दुःखले कसैलाई बिझाउँदैन किनभने हामी मुसहर हौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy