चैत्र २३ गते, २०७१ आइतवार 5th April, 2015 Sun१३:३१:१५ मा प्रकाशित
गौशाला, महोत्तरी जिल्लाको विभिन्न ठाउँमा विगत छ दिनमा तीन वटा बलात्कारका घटना घटेका छन् ।
गत सोमबार जिल्लाको सदरमुकाम जलेश्वर–४ स्थित न्यू परदेशी एसी होटलमा केटा साथीसँग खाजा खान आएकी सोनामाई गाविस–१ बस्ने १८ वर्षीया एक युवती बलात्कृत भएकी थिइन् ।
ती युवतीलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत प्रहरी हबल्दार वृजकिशोर यादवले युवतीको केटा साथीलाई होटलमा कुटपिट गरी भगाएर युवतीलाई बलात्कार गरेका थिए ।
घटनापछि तत्काल पीडित युवतीले दिएको जाहेरीका आधारमा अहिले यादवमाथि जबर्जस्ती करणी मुद्दा चलाइएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।
त्यस्तै त्यस घटनाको भोलिपल्टै मङ्गलबार जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ का ५५ वर्षीय भोगेन्द्र चौधरीले बारा जिल्लाका एक १५ वर्षीय किशोरीलाई महिनौँदेखि बन्धक बनाएर यौन शोषण गरिरहेको घटना बाहिर आएको थियो ।
पीडित किशोरीकी आमाले आफ्नी छोरीलाई भारतको पञ्जाव राज्यबाट गत जेठमै ललाइफकाई ल्याएर चौधरीले यौन शोषण गर्दै आएको जाहेरी दिएपछि मङ्गलबारै जिल्ला प्रहरी कार्यालयबाट खटिगएको विशेष प्रहरी टोलीले पीडित किशोरीलाई उद्धार गरेको थियो ।
सो घटनामा संलग्न रहेका भोगेन्द्रलाई समेत पक्राउ गरी जबर्जस्ती करणी मुद्दा चलाइएको छ । बुधबार महोत्तरीको बथनाहा गाविस–८ बस्ने सत्रुघन साहले छिमेकी जिल्ला सर्लाहीको खैरबा–५ बस्ने एक १४ वर्षीया बालिकालाई महोत्तरीको भारतीय सीमापारिको सहर भिठ्ठामोडमा चैतदेखि अपहरण गरी लगेर बलात्कार गर्दै आएको घटना जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
अपहरित बालिकाका बुबाले जिल्ला प्रहरी कार्यालयमा अपहरणकारी साहमाथि अपहरण तथा शरीर बन्धक र जबर्जस्ती करणीसम्बन्धी जाहेरी दिएपछि महोत्तरी प्रहरीले सोही दिन सीमापारि भिठ्ठामोडका प्रहरीसँग समन्वय गरी पीडित बालिकालाई उद्धार गरेका थिए ।
तर सो घटनामा संलग्न अपहरणकारी साह भारतकै अन्य सहरमा भागेका छन् । भारतीय प्रहरीको सहयोगमा उनको खोजी भइरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी शौरभ राणाले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: