Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

एमाले नेता रामनाथ ढकालको स्वइनफ्लुका कारण मृत्यु

काठमाडौं, स्वाइन फ्लुबाट ग्रसित नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्व सभासद रामनाथ ढकालको उपचारका क्रममा दिउँसो १ः४० बजे राजधानीको ग्रान्डी अस्पतालमा निधन भएको छ । स्वाइन फ्लु सहित लिम्फोफ्लोलिफिरिटिज (क्यान्सर) तथा क्षयरोगबाट ग्रसित ढकाललाई विभिन्न रोगले एकै चोटी आक्रमण गरेका कारण निधन हुन गएको उनका निकतम सहयोगी भानुभक्त ढकालले खबरडबलीलाई जानकारी दिए । उनलाई यस अघि भारतको दिल्ली स्थित मेदान्ता अस्पतालमा उपचार गराएर फर्काइएको थियो । ‘उहाँलाई स्वाइन फ्लु पछि मात्र देखा परेको हो । यस भन्दा अघि उहाँलाई क्यान्सर लागेको थियो, क्यान्सरको उपचार गर्ने क्रममा क्षयरोग देखा परेपछि डाक्टरहरुको सुझावमा क्षयरोगको उपचार हुँदै थियो । पछि शरिरमा प्रतिरोधात्मक क्षमता कमजोर भएपछि उहाँको निधन भएको हो ।’– ढकालको उपचारमा सुरु देखि नै सम्लग्न रहेका भानुभक्त ढकालले खबरडबलीसँग भने । मेदान्तामा चैत्र १४ मा पुनः परिक्षणका लागि लैजाने तयारी चल्दै गर्दा विभिन्न संक्रमण देखिए पछि उनलाई राजधानीको ग्रान्डी अस्पतालमा चैत्र १३ गते भर्ना गरिएको थियो । निधन हुनु अघि ढकालको शरिरमा डब्ल्युबीसीको कमी, निम्न रक्तचाँप तथा स्वास प्रस्वासमा समस्या देखिको अस्पतालले जनाएको छ । ‘हामी उहाँलाई जोगाउन भारतका मेदान्ता अस्पतालका चिकित्सकहरुको पनि सम्पर्कमा रहेका थियौं तर, हामीले लाख कोसिस गर्दा पनि उहाँलाई जोगाउन सकेनौं ।’– ग्रान्डी अस्पतालका चिकिस्सक चक्रराज पाण्डेले खबरडबलीसँग भने । स्वासप्रस्वासमा समस्या देखिएपछि उनको फोक्सोले काम गर्न छाडेको र विभिन्न संक्रमणहरुले लगातार हमला गर्दा रोग प्रतिरोधात्मक क्षमताको विकास हुन नसक्दा ढकालको निधन हुन गएको उनका सहयोगीले जनाएका छन् । इमान्दार नेताका रुपमा छवि बनाएका ढकालले आफ्नो राजनीति पिएन क्याम्पसबाट अखिल पाँचौँको विद्यार्थी जिवनबाट आरम्भ गरेका थिए । पञ्चायतकालमै अखिलको केन्द्रीय सदस्य रहेका उनी २०४८ सालमा अखिलको ११औँ अधिवेधनबाट केन्द्रीय महासचिव हुँदै २०५० सालमा हेटौँडामा सम्पन्न १२औँ अधिवेशनबाट अखिलको केन्द्रीय अध्यक्ष भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए । त्यसपछि एमाले पार्टी राजनीतिमा सक्रिय रहेर ढकाल लुम्बिनी अञ्चल इन्चार्जको जिम्मेवारी सम्भाली रहेका थिए । ढकाल २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही– ५ बाट निर्वाचित भई संसदको राज्यव्यवस्था समितिका सभापति समेत भएका थिए। ढकालको पार्थिव शरिर सोमबार बिहान ८ बजे अन्तिम श्रद्धाञ्जलीका लागि एमालेको केन्द्रीय कार्यालय मदननगर बल्खुमा राखिने एमाले पार्टीले जनाएको छ । सोमबार बिहान ११ बजे नै उनलाई पशुपति आर्यघाटमा दाहसंस्कार गरिने एमालेले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies