Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

पूर्वराजा ज्ञानेन्द्र दरबार छाडेपछि पहिलोपटक शितल निवासमा

\"\" काठमाडौं, ३ माघ । नारायणहिटी दरबार छाडेपछि पूर्वराजा ज्ञानेन्द्र शाह पहिलो पटक सोमवार राष्ट्रपति भवन शितल निवास छिरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको वैवाहिक कार्यक्रमको अवसर पारेर शाह शितल निवास छिरेका हुन् । राष्ट्रपति भण्डारीले आफ्नी छोरी निशाकुशुमको विवाहमा शुभकामना दिन ‘पूर्व महाराजधिराज’को हैसियतमा आमन्त्रण गरेपछि पूर्वराजा शाह सोमवार दरबार छाडेपछि पहिलो पटक सोमवार राष्ट्रपति भवन शितल निवास छिरेका हुन् । पूर्वराजालाई सोमवार दिउँसो १२ बजेर ५ मिनेटमा शितल निवासमा निम्तो दिइएको थियो । निर्धारित समयभन्दा केही ढिला गरी पूर्वराजा शाह शितल निवास छिर्दा अन्य आमन्त्रितहरुलाई भने शितल निवास प्रवेशमा रोक लगाईको थियो । शाह बा ४ च ३८०७ नम्बरकाे हरियो रंगको गाडीमा अाएका थिए । पूर्वपञ्चहरूसँग चियागफ १२ बजेर ५ मिनेटमा उपस्थित हुन निम्ता दिए पनि पूर्वराजा शाह १२ बजेर ३४ मिनेटमा शितल निवास पुगेका थिए । बरबधुलार्इ शुभकामना दिएपछि शाह पूर्वपञ्चहरूसँग चिया खाँदै कुराकानी गरेका थिए । उनी राप्रपा अध्यक्ष कमल थापा, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, राप्रपा नेता पशुपतिशमशेर जबरा, पूर्वप्रधानसेनापति प्यारजंग थापा,  पूर्व एन्फा अध्यक्ष तथा कमल थापाका भाइ गणेश थापासँगै एउटै टेबलमा बसेका थिए । शाह २० मिनेट शीतल निवासमा बसेर १२ बजेर ५४ मिनेटमा  बाहिरिएका थिए । २०६५ जेठ १५ गते पहिलो संविधानसभाको पहिलो बैठकमा राजसंस्था अन्त्य भइ संघीय गणतन्त्र नेपालको घोषणापछि ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरबार छाडेका थिए । दरबार छाडेर नागार्जुनमा बस्दै आएका पूर्व राजा शाह केही दिन यता धार्मिक समारोहमा भाग लिएर भाषणबाजी गर्नुका साथै विज्ञप्तिहरु प्रकाशित गरी राजनीतिमा सक्रियता देखाउँदै आएका छन् । नौ बजे नै जन्ती प्रस्थान विवाह समारोहमा उपस्थित हुन अभिषेक यादव जन्ति लिएर बिहान नौ बजे शितलनिवास पुगेका छन् । विवाहका लागि शितल निवास दुलहीझैं सिंगारिएको छ । करिब एक घन्टामा नै विवाहका सबै विधि पूरा गरी कोशी हलमा शुभकामनाको कार्यक्रम राखिएको थियो । निशा र अभिशेषबुढानिलकण्ठ स्कुल पढ्दादेखिकै साथी हुन् । अभिशेषकी आमा किरण यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसद हुन् । किरण नेपालका प्रथम राष्ट्रपति रामवरण यादवकी भतिजी हुन् । एमाले जननेता मदन भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन् भने अभिशेष इन्जिनियर हुन् । भण्डारीको निधन हुँदा निशाकुशुम पाँच वर्षकी थिइन् । (तस्विरः किरण नेपालको ट्वीटरबाट)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending