Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

संगठित अपराध नियन्त्रण गर्न एसियाली मुलुकबीच सहकार्य आबस्यक : प्रचण्ड

\"\"काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संगठित अपराध नियन्त्रणका लागि एसियाली मुलुकहरुकाबीचमा एकता हुनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबारबाट सुरु भएको अन्तर्रा्ष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन रिजनल कन्फरेन्सको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संगठित अपराध नियन्त्रण गर्न एक मुलुकको प्रयासले सम्भव नहुने भन्दै एसियाका देशहरुबीचको सामूहिक सहकार्यको आवश्यकता औँल्याएका हुन् । सीमा बाहिर फैलिएको अपराध नियन्त्रण गर्न सामूहिक सहकार्य आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले कानुन र विधिको पालना गराउनु दक्षिण एसियाको साझा समस्या रहेको बताए । देश बाहिर बसेर सामाजिक सञ्जालमार्फत अफवाह र घृणा फैलाउने काम भइरहेको भन्दै उनले आधुनिक प्रविधिको दुरुपयोग गर्दा सुरक्षा अवस्थामा नयाँ चुनौती र खतरा बढिरहेको जानकारी दिए । कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विज्ञान प्रविधिले अपराधको शैली र तरिका फेरिँदा यसको नियन्त्रण चुनौतीपूर्ण रहेको जानकारी दिए । इन्टरपोलजस्ता संगठित प्रयासले मात्र यी समस्या समाधान गर्न सकिने उनको भनाइ छ । सम्मेलनमा महानिरीक्षक अर्यालले मानव तस्करको चुनौती र अवस्थाबारे नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ५५ देशका प्रहरी प्रमुखहरु सहभागि रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: