Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

यस्तो छ पोखरादेखि एनआरएन अमेरिकासम्म पराजुलीको संघर्षमय यात्रा

न्यूयोर्क, एनआरएन अमेरिकाका कार्यसमिति उपाध्यक्ष तथा आउँदो निर्वाचनमा अध्यक्षको प्रत्यासी समेत रहेका श्री पराजुली भन्छन्, ‘गैरआवासीय नेपाली संगठन (एनआरएन) आप्रवासी नेपालीहरुको साझा संगठन हो । यो कुनै राजनीतिक दलको भातृ संगठन होइन ।’ उनी आउँदो निर्वाचनमा स्वतन्त्र रुपमा एनआरएन अमेरिकाको अध्यक्ष पदका उम्मेदवार हुन् । पराजुलीले एनआरएन राजनीतिक संस्था नभएकोले आफूले कुनै राजनीतिक दलको प्रतिनिधिको रुपमा भन्दा स्वतन्त्र उम्मेदवारको रुपमा प्रस्तुत भएको बताएका छन् । ‘जिउँदो मानिसमा राजनीतिक चेतना हुन्छ । एनआरएनमा सबै मानिसहरु आवद्ध छन्,’ उनको प्रश्न छ, ‘तर कुनै एउटा निश्चित सिद्धान्तको कसम खाएको मानिस कसरी फरक विचारहरुप्रति जिम्मेवार बन्न सक्छ ?’ दलहरुको दबदबा छ जताततै । अनि स्वतन्त्र उम्मेदवारी ? यो कस्तो एन्टी–करेन्ट ? गत निर्वाचनमा पनि उनी यसरी नै स्वतन्त्र उम्मेदवार बन्दै उपाध्यक्ष पदमा भारी मतले विजयी बनेका थिए । त्यसो त, नेपालमा भर्खरै कुनै दलीय सिद्धान्तको भारी नबोकेका डा.गोविन्द केसीले सिंगो देशै हल्लाए । केसीको समर्थनमा उत्रनेहरु सबै स्वतन्त्र थिएनन् । दलका कार्यकर्ताहरु पनि थिए । तर सहि एजेन्डासहितको निरन्तर नेतृत्व र दृढताले उनी आम मानिस भन्दा अग्ला कदका भइछाडे । एनआरएन अमेरिकाको चुनावमा पनि राजनीति लागेको छ । पार्टीभित्र पार्टी, गुटभित्र गुटको रोग नेपालमा मात्र होइन, विदेशमा पनि भित्रिएको छ । ‘एउटा मानिस पहिला सचेत नागरिक हो, त्यसपछि दलको कार्यकर्ता । राजनीतिको घेरा साँघुरो हुन्छ । एउटा सचेत नागरिकले विवेकलाई बन्धक बनाउन सक्दैन,’ उनको बुझाई छ । त्यसो त, उनी अहिले मात्र होइन, विद्यार्थी जीवनमा पनि एन्टी–करेन्ट नै थिए । राम्रो अध्ययन र वाकपटुताका धनी पराजुलीले पञ्चायती अन्धकारका विरुद्ध चुप लागेर बस्न सकेनन् । देशमा पञ्चायती शासनको दबदबा थियो । कालोलाई कालो र सेतोलाई सेतो भन्ने जिउँदा मान्छेहरु व्यवस्थाका दुश्मन ठहरिन्थे । सानैदेखि विद्यार्थी राजनीतिमा सक्रिय पराजुली व्यवस्थासँग डराएनन् । पञ्चायत विरुद्ध उभिँदा उनले ०४५ सालमा ६ महिनासम्म जेल जीवन नै बिताए । पञ्चायतले परिवर्तन चाहने केही युवाहरु थुन्यो तर थुन्न सकेन परिवर्तनको उभारलाई । ०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएरै छाड्यो । व्यवस्था फेरियो तर जनताको लागि परिवर्तनको बहार आएन । उनी पछिल्लो समय राजनीतिमा सक्रिय छैनन् तर स्कूले जीवनदेखि अंग्रेजीमा स्नातकोत्तर गर्दासम्म मात्र होइन, जेल जीवनसम्म बेहोरेका मानिस निष्क्रिय हुन सक्दै सकेनन् । जब उनी अमेरिका पुगे, राजनीति छाडेर सामाजिक कामतिर अग्रसर भए । २००० देखि अमेरिका पुगेका पराजुलीले रिजउड नेपाली समाजमा दुई कार्यकालसम्म अध्यक्षको जिम्मेवारी वहन गरे । उनले त्यहाँ दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्र निर्माणका लागि पहिलो पटक सप्ताहव्यापी श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सम्पन्न गरी त्यसबाट संकलित रकमबाट रिजउडमा करिब पाँचहजार वर्ग फिटको जमिन खरिद गर्न सफल भएका थिए । यसैगरी अहिले उनी एनआरएन अमेरिकाको उपाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेका छन् । अमेरिकामा आफ्नो संघर्ष नेपालको धर्म, संस्कृति र परिचयलाई जीवन्त राख्नको लागि भएको बताउने उनले यसअघि नै सन् २०१० देखि २०११ सम्म एनआरएन युएसको बोर्ड आफ डाइरेक्टर भई कुशतापूर्वक भूमिका निर्वाह गरिसकेका छन् । कुशल व्यवस्थापकीय दक्षता भएका पराजुली आगामी कार्यकालका लागि नेतृत्वमा आउनेमा विश्वस्त छन् । ‘गैरआवासीय नेपालीको हकहितको लागि आफू सशक्तरुपमा उभिएको छु, उभिइरहन्छु,’ मतदाताको बीच उनले यस्तै प्रतिबद्धता व्यक्त गरिरहेका छन् । बदलिएको अवस्थामा सशक्त नेतृत्वको लागि एनआरएन अमेरिका लगायत अन्य सामाजिक संस्थामा लामो सयमसम्म नेतृत्वदायी भूमिका खेलेकोले त्यो अनुभवले भावी दिनमा मद्दत पुर्याउने उनको विश्वास छ । निर्वाचनमा जस्तो परिणाम आएपनि एनआरएनको संस्थागत मुद्दामा आफू सधै लागि पर्ने पराजुलीको प्रतिबद्धता जनाएका छन् । संस्थाप्रति निष्ठावान, इमान्दार र सक्षम व्यक्तिलाई नेतृत्वमा चयन गर्न आप्रवासी नेपालीहरु आतूर रहेको श्री पराजुलीका चुनावी अभियान प्रबन्धक जीवन कुमार शाही बताउँछन् । संस्थालाई अगाडि बढाउन र आफ्ना अनुभव उपयोग गर्न आफूले एनआरएनको अध्यक्षमा उम्मेदवारी दिएको बताउँछन् । उनी आफ्नो कार्ययोजना र अवधारणा मतदाताहरुसमक्ष राख्न व्यस्त छन् । यसैगरी, एनआरएन अमेरिकाको सभापतिको उम्मेदवार बनेकी रमा सिंह नेपालमा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा तत्कालीन राजा ज्ञानेन्द्र र उनको निरंकुश शासनको पक्षमा वकालत गरेकी थिइन् । उतिबेला नेपाल टेलिभिजनमा कार्यरत सिंहले विरेन्द्रको वंशनाथपछि राजा बनेका ज्ञानेन्द्र शाहको हरेक कदमको पक्षमा दृढ उभिएकी थिइन् । नेपालमा गणतन्त्रको स्थापना भएसँगै अमेरिका पसेकी रमासिंह यतिबेला महिला सशक्तीकरणको नारा लिएर चुनावी मैदानमा उत्रिएकी छिन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवारको रुपमा तीन जनाले एनआरएन अमेरिकाको अध्यक्ष पदका दावेदारका रुपमा प्रस्तुत गरेका छन् । कोइराला कांग्रेसको प्रतिनिधित्व गर्ने डा.केशव पौडेल र देउवा कांग्रेसको प्रतिनिधित्व गर्ने नरेन्द्रनाथ पौडल मात्र होइन, दुर्गाप्रसाद दाहालले पनि आफूलाई कांग्रेस पार्टीकै आधाकारिक उम्मेदवारको रुपमा प्रस्तुत गरिरहेका छन् । मंगलबार साँझसम्म कोइराला र देउवा काँग्रेसको उम्मेदवार एउटै बनाउने प्रयत्न भएपनि दुवै उम्मेदवारको हठको कारण तीनैजना निर्वाचनमा उत्रने भएका छन् । यता नेकपा एमालेको उम्मेदवारको रुपमा गणेश कुँवरले उम्मेदवारी दिएका छन् । ६ जना उम्मेदवारमध्ये श्री पराजुली न्यूयोर्क निवासी हुन् भने केशव पौडेल न्यू मेक्सिको निवासी हुन् । दाहाल क्यालिफोर्निया, कुँवर मेरिल्याण्ड र नगेन्द्रनाथ पौडेल पनि मेरिल्याण्ड निवासी हुन् भने सिंह क्यारोलिनामा बस्दै आएकी छिन् । निर्वाचनमा सबैभन्दा उल्लेख्य मतदाता न्यूयोर्कमा रहेका छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies