Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

आन्दोलन छाडे प्रधानमन्त्रीले नयाँ प्रस्ताव ल्याउँने

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालासँग नौबुँदे अवधारणाको संशोधनसहित वैकल्पिक प्रस्ताव माग गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आइतबार साँझ अनौपचारिक छलफलका लागि बालुवाटार पुगेका प्रचण्डले यसअघि संवैधानिक राजनीतिक संवाद समितिमा संविधानबारेमा कांग्रेस(एमालेले प्रस्तुत गरेको नौ बुँदे साझा अवधारणामा संशोधन माग गरेका हुन्। अघिल्लो साताको आइतबार दुई नेताबीच भएको बैठकमा प्रधानमन्त्रीले साझा अवधारणा परिमार्जन गर्ने प्रतिबद्धता जनाएको दाबी एमाओवादी पक्षले गर्दै आएको छ। करिब ४५ मिनेट लामो वार्तामा कोइरालाले भने आन्दोलन फिर्ता गरेर वार्तामा आउन दाहाललाई पटकपटक आग्रह गरेका थिए। संघीयता, शासकीय स्वरूप, निर्वाचनप्रणालीजस्ता विषयमा प्रचण्डले संशोधन प्रस्ताव खोजेपछि प्रधानमन्त्रीले आन्दोलन रोकी यी विषयमा छलफल गर्न आग्रह गरेका थिए। प्रचण्डले व्यंग्य गर्दै एक साता ढिलो भए पनि नौबुँदे अवधारणामा संशोधनसहितको नयाँ प्रस्ताव दिनुहुने भयो हैन ? भन्ने प्रश्न राख्न नपाउँदै कोइरालाले भने, ‘अब आन्दोलन होइन, सहमति गरौं।’ प्रचण्डले घोषित आन्दोलन रोक्न सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धमा सर्वोच्च अदालतले दिएको फैसला, अनलाइन भिसा प्रणाली, संविधानसभा निर्माणको नयाँ कार्यतालिकासहित संविधानसभाको बैठक बोलाउने विषयमा पनि सत्तासीन दलको संयुक्त धारणा आवश्यक रहेको जिकिर गरेका थिए। \'तपाईंहरूले उठाएका विषयमा सत्ता पक्षसँगको सहमतिसहितको संयुक्त अवधारणापत्र चाँडै आउँछ तर त्यसका लागि आन्दोलनबाट हटेको संकेत दिनुहोस्\' कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। कोइरालाले दाहालको मागबारे सोमबार सत्ता पक्षबीच कुरा राख्ने आश्वासन पनि दिए। कानुन तथा न्यायमन्त्री नरहरि आचार्यले सरकार सहमतिमै संविधान निर्माणका पक्षमा रहेको बताए। उनले भने, ‘मुलुकले अहिले आन्दोलन होइन, सहमति चाहेको छ। त्यसैअनुसार विपक्षीहरूको भूमिका अपरिहार्य छ ।’ दाहालका स्वकीय सचिव चूडामणि खड्काले अन्नपूर्णसँग भने, \'कोइराला र दाहालबीच राज्यको पुनर्संरचनाजस्तो केन्द्रीय विषयमा सहमति हुन सकेन।\' सत्ता पक्षले सात प्रदेशको प्रस्ताव गरेको छ भने विपक्षी गठबन्धनले १० प्रदेशको अडान राखेको छ। झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई पहाडमा मिलाउने कि तराईमा मिलाउने वा छुट्टै प्रदेश बनाउने भन्नेमा पनि दलहरूबीच विवाद छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: