Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नुवाकोटमा स्थानीय निकायको पुर्नसंरचनामा रामशरण महतको हालीमुहाली

नुवाकोट, ८ माघ । स्थानीय निकायको पुर्नसंरचना विवाद नुवाकोट पनि चुलिदै गएको छ । ६ दिनदेखि सिमा निर्धारणको विषयमा आन्दोलन भइरहेको नुवाकोटमा सरकार र आयोगको ध्यानाकर्षण गराउन र ज्ञापन पत्र बुझाउन बुझाउँदा जिविसमा झडब भएको हो । छलफलमा आयोगको अध्यक्षले सकारात्मक जबाफ दिन नसेकोले आयोगको गैरजिम्मेवारीपन प्रति आक्रोशित भइ गत ६दिन देखी लिखु गाउॅपालिका कायम राख्न स्थानिय जनताले अनिश्चितकालिन बन्दको कार्यक्रम घोषणा गरेको र आज आन्दोलनको छैठौ दिनको दिन सरकार र आयोगको ध्यानाकर्षण गराउन र थप ज्ञापन पत्र बुझाउन बुझाउँदा जिविसमा झडप भएको थियो । उक्त दुखत घटनामा केहि घाइते भएका छन् । स्थानिय बिकास अधिकारीको नेतृत्वमा रहेको नगरपालिका र गाउॅपालिकाको संख्या र सीमाना निर्धारण प्राबिधिक सहयोग समितिमा जिल्लामा कृयाशिल राजनीतिक दलहरुले चौघडा,खानीगाउॅ, सुर्यमती र थानसिङ गाबिसलाई समेटेर लिखु गाउॅपालिका प्रस्ताबित गरेको थियो । उक्त सहमतिको प्रस्ताब समितिले आयोगमा पठाएपछि डा रामशरण महतले २ नम्बरको निर्वाचन क्षेत्रको गाबिसलाई अन्यत्र जोडन नहुने अबैज्ञानिक र अब्यबाहारिक तर्कसहित चौघडालाई पञ्चकन्या गाउॅ पालिकामा र खानीगाउॅलाई सुर्यगढी गाउॅ पालिकामा राख्नु पर्ने छुट्टै प्रस्ताब सहित खानीगाउॅ को कांग्रेस नेता र चौघडाको ध्रुब श्रेष्ठसहितको डेलीगेशन लिइ जिविस गएको थियो। जिल्ला प्राबिधिक समितिले दलहरुको सहमति सहितको निर्णयलाई प्रतिबेदन बनाई पठाएपछि कांग्रेस नेता रामशरण महतले आयोगलाई आफ्नो प्रभावमा पारी फेरी जिल्लाका सांसदहरु सहितको जिल्ला प्राबिधिक सहयोग समितिको बैठक बोलाउन लगाएको थियो । मंसिर १९ गते सांसदहरु र पार्टी प्रतिनिधिहरुको बैठक बोलाएको र उक्त बैठकमा नेता महतले गुण्डा लिएर गएको र उक्त बैठकमा दल नेता र स्थानिय विकास अधिकारीलाई भित्र बाहिर गर्न एबम चिया नास्ता गर्न र शौचालय जानसमेत नदिइ पहिलाको सहमति उल्टाउन दबाव दिएको थियो । \"\" तर पनि राजनीतिक दलहरुले उक्त दबावलाई प्रतिकार गरी पहिलाकै सहमति कायम राख्न प्रतिबद्धता जनाए पछि डा महत लाचार भएर फर्केका थिय। त्यति हुदा पनि आयोगलाई निरन्तर दबाव दिने र प्रभाबमा लिएर प्रस्ताबित लिखु गाउॅ पालिका हटाएको र प्रस्ताब गरेको अर्को बेलकोट गढी नगर पालिकालाई पनि उल्टाएर जिल्लामा चर्चा समेत नगरेको कोल्पु गाउॅ पालिका सहितको ११ गाउॅपालिका र १ नगरपालिका रहेको प्रतिबेदन आयोगले सरकारलाई बुझाएको थियो । त्यस पछि जिल्लाका राजनीतिक दलहरुको अनुरोधमा जिल्ला प्राबिधिक सहयोग समितिको बैठक बसी प्रतिबेदन उल्टाइएको प्रति बिरोध र पहिलाको सहमतिलाई लागु गर्न सरकार र आयोगलाई ज्ञापन पत्र दिएको थियो । त्यस पछि नेकपा माओबादी केन्द्रका नेता हितबहादुर तामाङको नेतृत्वमा नेपाली कांग्रेस सांसद जगदिस नर्सिह केसीसहित जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरुको डेलीगेशन गएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय मामिला तथा स्थानिय विकासमन्त्री हितराज पाण्डे र आयोगको अध्यक्ष बालानन्द शर्मालाई उपस्थित गराई छलफल गरेका थिए । (अशोक ढकालको सहयोगमा)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending