Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

एक्काइस महिनापछि रगनीमा बल्ल अनुदानको पहिलो किस्ता

\"\" ओखलढुंगा, १३ माघ । श्रममन्त्री सूर्यमान गुरुङले पुनःनिर्माण र आवास निर्माणका लागि अनुदान वितरणमा सरकारले कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता जनाएका छन् । जिल्लाको सबैभन्दा सुदूरपश्चिमस्थित रगनी गाविसको चण्डेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविर तथा आवास निर्माण अनुदान प्रदान कार्यक्रमको शुभारम्भ गर्दै उनले भूकम्पपीडित जनताको राहत र सहयोगका लागि यहाँका जनप्रतिनिधिले पु¥याएको योगदान अनुकरणीय रहेको बताए । ‘सबै जनता र राजनीतिक दलहरु मिलेर देश र जनताको भलो हुने काम गर्नुपर्छ, जनतालाई परेको अप्ठेरोलाई सुल्झाउने काममा ओखलढुङ्गाका सांसदले सक्रिय रुपमा काम गरेर आफूलाई सक्षम सावित गरिसक्नुभएको छ’ उनले भने । सो अवसरमा मन्त्री गुरुङले स्थानीय सुजिता बुढाथोकीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेर शिविर सञ्चालनको शुभारम्भको घोषणा गरे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव जनार्दन गुरागार्इंले जिल्लाका कुल लाभग्राही १९ हजार ८१९ मध्ये १८ हजार ४८६ सग अनुदान सम्झौता गरिएकामा १८ हजार ३०१ लाई बैंकमार्फत रकम पठाइसकिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहालले रगनी गाविसका ७१९ घर परिवारलाई  आवास निर्माणका लागि पहिलो किस्ताबापत रु ५० हजारको दरले दुई दिनभित्र रकम वितरण हुने जानकारी दिए । एक नगरपालिकासहित ५० गाविस रहेको ओखलढुङ्गा सात हजार ८१० जनाले अनुदानका बारेमा गुनासो गरेकामा ६ हजार ४४ गुनासा हेरिसकेको प्राधिकरणले जनाएको छ । ओखलढुङ्गामा हालसम्म ७६७ वटा घर बन्दै गरेको तथा ६९९ जनाले दक्ष डकर्मीको तालिम लिएको जानकारी दिइएको छ । ओखलढुङ्गाका २३४ परिवारले अघिल्लो वर्ष नै वितरण गर्ने भनेर सरकारले घोषणा गरेको न्यायो कपडाबापतको भत्ता अझै प्राप्त गर्न नसकेको जानकारी दिइयो । भूकम्प गएको २१ महिनापछि रगनी गाविसका स्थानीयवासीले आवास निर्माणका लागि पहिलो किस्ताको रकम प्राप्त गर्न लागेका हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: