माघ १५ गते, २०७३ शनिवार 28th January, 2017 Sat२१:४८:२४ मा प्रकाशित
-अनिस तामाङ यूएई, १५ माघ ।मध्यपुर्वको विकसित शहर यूएईमा एक हप्ताको अन्तरालमा दुई ठाउमा ल्होछार कार्यक्रम सम्पन्न हुँदैछ।
विशेषगरि तामाङ समुदायको संस्कृति पर्व सोनाम ल्होछार तथा मञ्जश्रि सम्वद् २८५३ झ्या(चरा) वर्ष शुभारम्बको शुभ अवसरमा युएईमा रहेका तामाङ समुदायका नेपालीहरुले जनवरी ३ तारिखमा अबुधाबी र जनवरी १० मा यूएईको दुबई शहरमा बृहत सोनाम ल्होछार कार्यक्रम सम्पन्न गर्दैछन।
यूएईको अबुधाबी शहरमा जनवरी ३ तारिखका दिन सर्लाही सेवा समाज र हिमालयन वल्र्ड ट्राभल्स एल.एल.सि को संयुक्त आयोजनामा तराईमा शित लहर तथा द्वन्द पिडित बालबालिकाहरुको लागि सहयोगार्थ स्वरुप ल्होछार संस्कृतिक साँझ-२०१७ सम्पन्न हुदैछ।
उक्त कार्यक्रममा म्हेन्दोमाया तथा सेलो गायिका टिका माया चोथेन तामाङ , मोडल तथा डान्सर मल्लिका थोकर तामाङ, म्हेन्दो माया तथा सेला गायक सुमन घले, गायिका तथा बेलिडान्सर प्रिति आलेमगर, गायक फुर्वा तामाङ लगाएत स्थानीय कलाकारहरुको बोजोड प्रस्तुति रहने अायोजकले जनाएको छ।
कार्यक्रम अबुधाबी बस स्टेसन पछाडी फोल्कलोर एण्ड थिएटर सोसाइटीको हलमा सम्पन्न हुदैछ । ठिक विहाना ११ बजे देखि बेलुका ८ बजे सम्म हुने उक्त कार्यक्रमको लागि यूएईको विभिन्न शहरहरुबाट आउने जानेको लागि आयोजकले निशुल्क बसको सुविधा समेत व्यवस्था गर्ने छ ।
यसैगरी यूएईको दुबई शहरमा भने अबुधाबि कार्यक्रमको ठिक एक हप्ता पछि जनवरी १० तारिखको दिन तामाङ समाज युएईको आयोजनामा \"भाषा,लिपि,मौलिक,संस्कृति तामाङको पहिचान \" \"संसार भरिका सबै तामाङले ल्होछार मनाउन यो हाम्रो अभियान\" भन्ने मुलनाराको साथ सोनाम ल्होछार कार्यक्रम सम्पन्न हुदैछ ।
दुबई शहर स्थित ईम्पेरियल सुईट होटलमा दिउँसो ठिक ३ बजेबाट सुरू हुने सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट बरिष्ठ कलाकार तथा निर्देशक जयनन्द लामा यूएई आउदैछन् ।
उक्त कार्यक्रममा तामाङ चलचित्रका नायक बिजय लामा, सेलो गायक सन्दिप ग्यावक, नृत्यङगना बिमला बज्यू लोमु शेर्पा स्थानिय कलाकार बिक्रम वाइबा तामाङ सोम तामाङ गायक\'सुब्बा बल तामाङ, तिर्शना तामाङ ,अस्मिता लामा अनिता मोक्तान तामाङ, प्रदिप लामा , बिक्रम लामा, सुस्मा तामाङ, लक्प योन्जन ,प्रख्यात मोक्तान लगायत यूएईका चर्चित तामाङ कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: