Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

कोरियामा एमएनयुको अन्तरक्रिया सम्पन्न

\"\" –अमर अछामी कोरिया, १५ माघ । माइग्रेन्ट नेपाली युनियन(एमएनयु) केन्द्रीय समितीले दक्षिण कोरियाको राजधानीस्थित वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ‘समुन्नत नेपाल निर्माणको लागि आप्रवासी नेपालीको भूमिका’ विषयक उक्त अन्तरक्रियामा विभिन्न क्षेत्रबाट कोरियामा रहेका आप्रवासी नेपालीहरु  उपस्थित भएका थिए । कार्यक्रम सञ्चालन गर्दै सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमूख टिकाबेरुप लिम्बुले सहभागीहरुलाई विषय केन्द्रित गर्न सहजीकरणको भूमिका निर्वाह गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता गर्दै एमएनयु केन्द्रीय संयोजक मिलनकान्छा किरातीले अन्तरक्रियाको विषयलाई थप प्रकाश पारेका थिए । प्रायःजसो सहभागीहरुले छोटकरीमा विचार राख्दै सुझाव, सल्लाह दिएका थिए । आप्रवासी नेपालीको समस्यालाई समाधान गर्ने, भावनालाई सम्बोधन गर्ने र हक– अधिकारलाई सुरक्षित एवं सुनिश्चित गर्ने कुनै पनि प्रभावकारी संस्था हालसम्म नदेखिएकोले नेपाल सरकारले तत्काल यस विषयमा गम्भीर भएर सोच्नुपर्ने धेरै सहभागीहरुको धारणा सुनिएको थियो । नेपालमा आप्रवासी आयोग स्थापना हुनसके विदेशमा रहेका नेपालीको अनेकौं समस्यालाई सुल्झाउन सहज मात्रै नभएर युवा विदेश पलायनको चापलाई न्यनिकरण गर्दै स्वादेशमा नै उद्यमशील बन्न प्रेरित गर्न सकिने एक सहभागीले बताए । आर्थिक समृद्धि प्राप्त गर्नको लागि आधुनिक कृषि खेतीमा जोड दिनुपर्ने र उद्योग, कल–कारखाना प्रशस्त खोल्न सरकारले वातावरण तयार गरिदिनु पर्ने धारणा पनि सहभागीहरुले राखेका थिए । अन्तरक्रियामा धारणा राख्दै छुङ्छन नेपाली समाजका उपाध्यक्ष एवं कृषि क्षेत्रका प्रतिनिधि पदम रानाले भने, ‘राजनितिले आर्थिक विकास गर्दैन । त्यो आफै वेरोजगारी उत्पादन गर्ने कारखाना हो । विदेश आएर पनि अमूक पार्टीको झोले बन्न रुचाउनु  अति नै लज्जास्पद कुरा हो । माइनस बीस डिग्री चिसो र पचास डिग्री तातोमा थ्रीडी काम गर्दा पनि गोर्खेको बुद्धि आउदैन भने अब कहिले आउने ? उनले थपे, ‘अब सबै एकजुट भएर देशको लागि सोच्ने बेला आएको छ ।’ सहभागीहरुले नेपालमा आप्रवासी आयोग, रोजगार केन्द्र, उद्योग, व्यवसाय प्रशिक्षण, प्रवद्र्धनको भरपर्दो संस्था स्थापना गर्न आवश्यक रहेको धारणा राखे । अन्तरक्रिया कार्यक्रमको समापन गर्दे संयोजक किरातीले प्राप्त सल्लाह, सुझावहरुलाई सम्बन्धित निकायमा पु¥याएर ठोस कार्यन्वायनको लागि पहलकदमी र विशेष आग्रह गर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies