Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रचण्ड पाँच किलोमिटर हिँडेको जुलुस कस्तो देखियो ? (फोटोफिचर)

काठमाडौं, जनयुद्ध सकिएको एक दशक नबित्दै ६ चिरामा विभक्त भएका माओवादीहरु सोमबार दिउँसो एउटै ब्यानरमा देखिए । ‘सर्वोच्च अदालतको शान्ति सम्झौता विरोधी आदेश खारेज गर, वृहत शान्ति सम्झौता लागु गर । विरोध प्रदर्शन’ ब्यानरमा यहि लेखिएको थियो । \"Morchaबबरमहलबाट सुरु भएको जुलुस सुरु भएसँगै एमाओवादी अध्यक्ष प्रचण्ड आए । नेकपा माओवादी महासचिव रामबहादुर थापा बादल र उपाध्यक्ष सीपी गजुरेलको बिचमा बसे । एकै पार्टीमा हुँदा पनि कहिल्यै यसरी सँगै जुलुसको नेतृत्व नगरेका प्रचण्डले आज एक घण्टा पैदलै हिडे । शान्ति संझौता लागु गर भन्दै नारा लगाए । \"Morchaशान्ति सम्झौताको एक हस्ताक्षरकर्ता त्यहि सम्झौता लागु गर भन्दै एक घण्टा सडकमा कुर्लनु पर्ने अवस्था आउनु पक्कै विडम्बना हो । कडा सुरक्षा घेरा भित्र रहेका उनलाई कार्यकर्ताको उस्तै घेरा थियो । ब्यानरको ठिक अगाडि जनयुद्धका सैन्य कमाण्डर पासाङ्ग थिए । अगाडि कार्यकर्ताको साङ्गलो थियो त्यहि घेरा हुँदै जुलुस माइतीघर तिर बढ्यो । त्रिपुरेश्वर हुँदै महांकाल पुग्दा मोहन वैद्य किरण पनि मिसिए । \"Morchaप्रचण्डकै नजिक ब्यानर समातेर पाको उमेरका वैद्य सँगै प्रचण्ड नेतृत्वको जुलुस शान्तिबाटिकातर्फ बढ्यो । \"Morchaशान्तिबाटिका पुग्दा प्रचण्ड करिब ५ किलोमिटर पैदल हिँडेका थिए । जानकारहरुका अनुसार प्रचण्डले शान्तिप्रक्रिया पछि लामो पैदल हिँडेकै पहिलो दिन हो सोमबार । मिनिट्रक माथी वैद्य  र प्रचण्डले शान्तिको दियो बाले । आफूहरु शान्तिको प्रतिक रहेको पनि देखाए । कोणसभामा दुवै नेता बोलेनन् । दोस्रो पुस्ताका नेताहरुलाई अवसर दिए ।  बोल्ने नेताहरुले सत्तारुढ दल प्रति आक्रोश पोखिरहँदा दुई नेता गम्भिरतासहित मुुसुमुसु हाँसिरहे । \"Morcha \"Morcha \"Morcha \"Morcha \"Morcha
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies