Ntc summer Offer
Khabar Dabali १९ बैशाख २०८१ बुधबार | 1st May, 2024 Wed
NIMB

एनपिपिएफ डेनमार्कको संयोजकमा गौतम

\"\"कोपनहेगन, २ फागुन । नेपाली जनप्रगतिशिल मञ्च (एनपिपिएफ) डेनमार्कको संयोजकमा उदयराज गौतम चयन भएका छन् । २२ औं जनयुद्ध दिवसको अवसरमा आइतबार कोपनहेगनमा भएको मञ्चको भेलाले २१ सदस्यीय तेश्रो अधिवेशन आयोजक समिति निर्माण गरेको हो । नेकपा (माओवादी केन्द्र) निकटका प्रवासि नेपालीहरुको संस्था एनपिपिएफको मार्च १५ अघिनै तेश्रो अधिवेशन सम्पन्न गर्न बृहत भेलाले आयोजक समिति र १३ सदस्यीय सचिवालय समिति चयन गरेको हो । गौतम एनपिपिएफ डेनमार्कका संस्थापक अध्यक्ष हुन् । सचिवालय सदस्यहरुमा गणेश ढकाल, दिपक तिवारी, भानु पोखरेल, रत्न बुढाथोकी, लक्ष्मीप्रसाद कट्टेल, समीर तामाङ, मोहन के.सी, शक्तिराज पाण्डे, सुर्य सापकोटा, महेशकुमार खाती, लीला गौतम (यात्री) र इन्दिरा तिवारी रहेका छन् । भेला आयोजक समितिका सदस्यहरुमा राजेश रेग्मी, सुरज राउत, पूर्णकुमार खत्री, डिमा लामा, लक्ष्मण तिमिल्सिना, आकाश लामा, निमा शेर्पा र उषा लामा रहेका छन् । संयोजक गौतमले आयोजक समितिको बैठक बसि महाधिवेशनको मिति तोकिने जानकारी दिए । अधिवेशन उद्घाटनको लागि पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ (प्रकाश) आउने जनाइएको छ । नेता प्रकाश माओवादी केन्द्रका विदेश विभाग प्रमुख समेत हुन् । एनपिपिएफ यूरोपका देश भरीको अधिवेशन मार्चभरीमा सक्ने तयारी भैरहेको छ । पर्चुगलको मार्च ११, बेलायतको मार्च १२, मार्च १९ मा एनपिपिएफ बेल्जियमको ११ औं अधिवेशन हुदैछ । एनपिपिएफ यूरोपस्तरीय अधिवेशन भने मार्च २६ मा स्वीजरल्याडमा हुनेछ । ती सबैमा नेता प्रकाश सहभागी हुने एनपिपिएफले जानकारी दिएको छ । स्पेन, फ्रान्स, चेक रिपब्लिक, नेदरल्याण्रड, नर्बै, जर्मनी, इटाली लगायतका देशमा पनि अधिवेशन हुदैछन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies