विराटनगर, मधेसी जनअधिकार फोरम (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताहरुको कार्यान्वयन नगरी उल्टाउने प्रयास गरिएकाले बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । विराटनगरस्थित आफ्नो निवासमा आज सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले सत्तारुढ दलले विगतमा भएका सम्झौतालाई कार्यान्वयनका साथै सहमतिमै संविधान जारी गर्ने प्रतिबद्धताका साथ विश्वस्त पार्न सक्यो भने आन्दोलन फिर्ता गरी सहकार्यका लागि अगाडि बढ्ने स्पष्ट पारे । उनले तीनदिने बन्दका क्रममा कार्यकर्ताहरु संयमित रहने उल्लेख गरे । उनले सत्तापक्षसँग दुई तिहाइ पनि नरहेको र सहमतिका आधारमा संविधान बनाउन नचाहेकाले मुलुकमा अन्योलता बढेको धारणा प्रकट गरे । सङ्घीयतालाई थाती राखेर सङ्घीयताविहीन संविधान स्वीकार नहुने प्रष्ट पार्दै उनले यसो गरिएमा मुलुकको अवस्था भयावह हुने चेतावनी दिए । संविधानसभा छोड्ने सन्दर्भमा सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष यादवले शताब्दीदेखि विभेदमा पारिएका समुदाय, क्षेत्रसँग न्याय नगरी सत्तापक्षले जबर्जस्ती संविधान जारी गरेको अवस्थामा संविधानसभा छोड्ने अवस्था पनि आउन सक्ने सम्भावना व्यक्त गरे । सङ्घीय राज्यको सन्दर्भमा उहाँले चुरे क्षेत्रदेखि तराईको भूभाग मिलाएर मिश्रित राज्य बन्न सक्ने तर, प्राकृतिक स्रोतविहीन पारेर सप्तरीदेखि पर्सासम्मको राज्य बनाउन खोज्यो भने त्यस्तो राज्य स्वीकार नहुने स्पष्ट पारे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: