Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

प्रचण्ड दुबिधामा, असफल प्रधानमन्त्रीको ‘ट्याग’ लाग्ने खतरा

  \"\"काठमाडौं, ८ फागुन । संविधानप्रति असन्तुष्ट रहेको मधेसी मोर्चाको माग सम्बोधन गर्ने प्रतिवद्धताअनुसार नै कांग्रेस–माओवादी गठबन्धनको सरकार बनेको थियो । मधेसी मोर्चालाई बाहिर राखेर समस्या समाधान नहुने भन्दै गठन भएको सरकारले मोर्चाकै सहमतिमा मात्रै निर्वाचन घोषणा गर्ने भन्दै लामो समय सहमतिका पहल गर्यो । तर मधेसी मोर्चाले भने संविधान संशोधन पारित नभइ निर्वाचनमा नजाने अडान कायम राख्यो । मोर्चाको अडानले गर्दा बैशाखमै चुनाव गरिने भनिए पनि सरकारले निर्वाचन मिति घोषणा गर्न सकेको छैन । सरकारले वैशाख मसान्तदेखि जेठ १० सम्म निर्वाचन हुने समय सीमा दिएर निर्वाचन आयोगलाई पत्राचार त गरेको छ तर निर्वाचनसम्बन्धि अन्योलका कारण तयारी गर्न समस्या हुने निर्वाचन आयोगले बताउँदै आएको छ । निर्वाचन घोषणा छिट्टै हुने भनेको महिनौ भइसक्यो भने प्रमुख प्रतिपक्षी दल एमालेलाई फागुन ८ भित्रमा निर्वाचन मिति घोषणा गर्ने भनी प्रधानमन्त्री प्रचण्डले अनौपचारिक सहमति नै गरेका थिए । त्यसको भाका आइतबार सकिएको छ । प्रधानमन्त्री आफैले निर्वाचन घोषणा गर्ने भनी गरेको प्रतिवद्धताको भाका पटक पटक सरेपछि विपक्षीहरुलाई पनि निर्वाचनप्रति शंका बढेको छ भने प्रधानमन्त्री प्रचण्डलाई पनि समस्या परेको छ । संविधान संशोधन प्रक्रिया टुंगो लाग्न समय लाग्ने र संशोधनको टुंगो लागेपछि मात्रै निर्वाचन घोषणा गर्दा वर्षौ लाग्न सक्ने भएपछि स्वयं प्रधानमन्त्री प्रचण्ड पनि दुविधामा छन् । आफूले गरेको बाचाअनुसार निर्वाचन घोषणा गर्नका लागि मोर्चासँग गरेको पहल असफल भएपछि प्रधानमन्त्री प्रचण्डले आइतबार सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसलाई छलफलमा डाके । आगामी २०७४ माघ ७ भित्र तीन तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था रहेकाले मोर्चाले नमाने पनि तुरुन्त निर्वाचन घोषणा गर्नुपर्ने निश्कर्ष दुई दलका नेताहरुले निकाले । ‘संविधान संशोधन प्रक्रिया टुंगो लगाउनुअघि नै निर्वाचन घोषणा नगरे समस्या हुने भएकाले तुरुन्त निर्वाचन घोषणा गर्नुपर्छ भन्ने निश्कर्ष निकाल्यौं’, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘प्राविधिक कुरा मिलाएर सरकारले निर्वाचन घोषणा गर्छ ।’ सत्ता साझेदार प्रमुख दुई दलले संशोधन प्रक्रिया टुंगो लगाउनुअघि नै निर्वाचन घोषणा गर्न सरकारलाई सुझाव दिएपछि अबको मन्त्रिपरिषद् बैठकबाट निर्वाचन घोषणा हुने प्रवल सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्राविविध कुराहरु मिलाएर निर्वाचन घोषणा गर्न भनिएकाले भोलि नै घोषणा हुन्छ भन्न नमिल्ने नेता माओवादी केन्द्रका नेता श्रेष्ठले बताए । मोर्चालाई छाडेर निर्वाचन घोषणा गरिएमा एमालेलाई छाडेर नयाँ सरकार गठन गर्नुको औचित्य पुष्टी नहुने डर प्रचण्डलाई छ । सोमवार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचन घोषणा गरिएमा मोर्चाले सोमवार नै सरकारको साथ छाड्ने सम्भावना छ । निर्वाचन घोषणा भइसकेपछि निर्वाचन सम्पन्न गर्न नसकिए असफल सरकारको ‘ट्याग’ लाग्ने डरले प्रधानमन्त्री प्रचण्ड दुबिधामा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending