Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

मुम्बईमा एकता मन्चले मनायो २२ अौं जनयुद्द दिवस

\"\"काठमाडौं, ९ फागुन । अखिल भारत नेपाली एकता मन्च पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा जनयुद्धको २२ अौं वार्षिक उत्सवको अवसरमा जनसभा तथा विशेष समारोह सम्पन्न भएको छ । क्षेत्रीय समिति अध्यक्ष घनस्याम स्वारको अध्यक्षता सचिव शंकर परियारको संचालन उपाध्यक्ष रिषिराम शर्माको स्वागत मंतव्य रहेको कार्यक्रमको अौपचारिक शुरुवात महान शहिदहरु प्रति १ मिनेट मौन धारणबाट गरिएको थियो । प्रमुख अतिथि , विशिष्ठ अतिथि र अन्य अतिथिहरुबाट २२ अौं जनयुद्द दिवसको अवसरमा २२ वटा दिप प्रज्वलन गर्दै प्रमुख अतिथिबाट केक काटिएको थियो र उपस्थित जनसमुदायलाई चकलेट बाँडेर हर्ष तथा उल्लास पुर्ण वातावरणमा उत्सव मनाईएको थियो । कार्यक्रममा जनयुद्द पुर्व संगठनमा संगठित हुनु भएका मंचका केन्द्रीय सचिवालय सदस्य ओम बहादुर विश्वकर्मा , चंद्रमणी शर्मा , दल बहादुर गुरुङ केन्द्रीय सदस्य प्रेम बहादुर विश्वकर्मा , उजेली विश्वकर्मा , क्षेत्रीय सल्लाहकार सुरज श्रेष्ठ र श्रीमायां विश्वकर्मा लाई सम्मान गरिएको थियो र केन्द्रीय सदस्य मान सिंह भुषालको देश भित्र जाने भएका कारण सम्मान सहित विदाई गरिएको थियो । कार्यक्रमलाई प्रमुख अतिथि मंचका केन्द्रीय समिति अध्यक्ष ईश्वरी भण्डारीले संबोधन गर्दै महान जनयुद्दका उपलब्धिहरु रक्षा र संस्थागत गर्न संपुर्ण प्रवासी नेपालीहरु एकजुट हुनु पर्ने बताए । कार्यक्रमा महांसचिव चक्र बहादुर मलाती , सचिव सुरेन्द्र देवकर जनसंपर्क समिति भारतबाट एमवि बोहरा , नेपाली समाज कल्याण संघबाट नवराज आउजी , नेपाल न्युज दैनिकबाट भुमिलाल पौडेल, शिवसेना नेपालबाट लाल सिंह देवकर , हरिओम नेपाली एकता समाजबाट नैन सिंह दास , सुदुर पश्चिम समाजबाट पोष्ट बहादुर खड्काले शुभ कामना मन्तव्य राख्दै महान जनयुद्दका कारण नै नेपालमा परिवर्तन सम्भव भएको जिकिर गरे । कार्यक्रमका अन्य अतिथिहरुमा एकता मंच केन्द्रीय उपाध्यक्ष रत्ना मलाती, सचिव मोहन देवकर सह ( कोषाध्यक्ष शिव प्रसाद महत सचिवालय सदस्यहरु भिम खड्का , ओम विक , ललित विक , चंद्रमणी शर्मा , दल बहादुर गुरुङ , टेक बहादुर ताम्राकार , कृष्ण रावत , लक्ष्मी भण्डारी , केन्द्रीय सदस्यहरु रतन देवकर , सागर परियार , मान सिंह भुषाल , दिल बहादुर श्रेष्ठ , प्रेम विक, उजेली विक , मदन मलाती , सनेशनाथ योगी , रतन कुमार विक , मान बहादुर खड्का , रतन कुंवर , नायक प्रकाश विसी , समाजसेवी ईन्द्र बहादुर सिंह विश्वकर्मा लगायतको उपस्थित रहेको थियो । जनआक्रोश सांस्कृतिक परिवार ,एस् वि आर ग्रुप , नायक प्रकाश विसी ले जोरदार सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाइ रोचक बनाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies