Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

एमालेद्वारा निर्वाचन घोषणाको स्वागत

काठमाडौं, १० फागुन । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी एमालेले स्वागत गरेको छ । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नु सकारात्मक रहेको भन्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले निर्वाचन गराउन सरकारलाई एमालेले सहयोग गर्ने बताए । आजको राजधानी दैनिकमा खबर छ– ‘निर्वाचनको मिति घोषणा गर्नु सरकारको यो कार्य सकारात्मक छ,’ ढकालले राजधानीसँग भने, ‘हामी निर्वाचन गराउन सरकारलाई सहयोग गर्छौं, निर्वाचनमा सहभागी हुन्छौं ।’ संविधानको कार्यान्वयनका लागि ७ माघ २०७४ भित्रै तीनै तहको निर्वाचन हुनुपर्ने भन्दै एमालेले दबाब दिँदै आएको छ । संविधानमा भएको व्यवस्थाबमोजिम निर्वाचन नभएमा राजनीतिक संकट हुने निष्कर्षसहित एमालेले निर्वाचन जसरी पनि गर्नुपर्ने माग एमालेको छ । सरकारले सोमबार आगामी ३१ वैशाखमा स्थानीय तहकै निर्वाचन गर्ने घोषणा गरेको छ । एमालेले संसदमा पेस भएको संविधान संशोधनमा भने सरकारलाई सहयोग नगर्ने स्पष्ट पारेको छ । प्रमुख सचेतक ढकालले संशोधन विधेयकको विपक्षमा एमाले रहने बताए । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधान संशोधन विधेयकलाई अघि बढाउने निर्णय गरेको थियो । ‘संसदको बिजनेसको विषयमा सरकारले त्यस्तो बोल्नुहुँदैन्थ्यो, यदि संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइन्छ भने एमाले त्यसको विपक्षमा हुन्छ,’ ढकालले भने । सरकारले जनसंख्याका आधारमा तराई मधेसमा स्थानीय तहको संख्या बढाउने कुरा गरिरहेकै बेला एमालेले संख्या बढाउने क्षेत्राधिकार सरकारसँग नरहेको जनाएको छ । स्थानीय तह पुनः संरचना आयोगले दिएको प्रतिवेदनमा सरकारले संख्या बढाउन नमिल्ने एमालेको तर्क छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy