Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

१४ सिडिओ, जनपदका २० र सशस्त्रका १३ डिआइजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं, १२ फागुन । गृह मन्त्रालयले विभिन्न १४ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ३५ जना उपसचिवको काज सरुवा गरेको छ । निर्वाचन घोषणा भइसकेपछि निर्वाचनलाई प्रत्यक्ष प्रभावित पार्ने गरी गृहले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि काजमा कर्मचारी राख्ने निकायलाई तत्काल काज फिर्ता गर्न पत्राचार गरिरहेको अवस्थामा सामान्य प्रशासन मन्त्रालयको निर्देशनलाई लत्याउँदै गृहले १४ जिल्लाका सिडिओसहित ३५ उपसचिवको काज सरुवा गरेको हो । गृह मन्त्रालयले काज सरुवा भएका सिडिओसहितका कर्मचारीको विवरण बुधबार मात्रै सार्वजनिक गरेको हो । बुधबार सार्वजनिक गरिएको विवरणमा सरुवा गत ९ फागुनका दिन भएको उल्लेख गरिएको छ । सरकारले ९ फागुनमा स्थानीय तहको निर्वाचनको घोषणा गरेको थियो । फागुनमा गृह मन्त्रालयका प्रवक्ता वालकृष्ण पन्थी र मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव राजकुमार श्रेष्ठ सँग सिडिओ सरुवाका वारमो जानकारी माग्दा कुनै पनि सिडिओको सरुवा नभएको वताएका थिए तर त्यसको दुई दिन पछि ११ फागुनमा गृह मन्त्रालयले सरुवा भएका सिडिओ सहितका उपसचिवको विवरण सार्वजनिक गरेको हो । यसरी सरुवा सार्वजनिक गर्दा ९ फागुनमा नै सरुवा भएको गृह मन्त्रालयले जनाएको छ । हामी सँग सहमति मागिएको छैन : सामान्य प्रवक्ता निजामती सेवा ऐन अनुसार हरेक मन्त्रलाय र निकायले मातहका कुनै पनि कर्मचारीको काज सरुवा गर्नुपुर्व अनिवार्य रुपमा सामान्य प्रशासन मन्त्रालय सँग सहमति लिनु पर्छ । तर गृह मन्त्रालयले ३५ जना उपसचिवको काज सरुवा गर्दा सामान्य प्रशासन मन्त्रालय सँग कुनै सहमति लिएको छैन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले गृहले काज सरुवा गरेको भन्ने आफुले वुधवार मात्रै सुनेको र सामान्य सँग कुनै सहमति नलिएको जानकारी दिए । सरुवा गर्नुपुर्व नै सहमति मागेको भएपनि गृहको सरुवामा सामान्यले खासै अव्जेशन नगर्ने भएपनि सरुवा गर्नुपुर्व सहमति नलिने प्रवृत्ति भने गलत भएको प्रवक्ता न्यौपानले वताए । सरुवा हुने सिडिओ -गृह मन्त्रालयले उपसचिव आसमान तामाङलाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा र तेह्रथुमका मुनका न्यौपानेलाई सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ । यसैगरी गृह मन्त्रालयकै शिवराज जोशीलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीमा र संखुवासभाका खुमकान्त आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा सरुवा गरिएको छ । -यसैगरी, गृह मन्त्रालयकै गोमादेवी चेम्जोङलाई भोजपुरको प्रजिअमा, भोजपुरका अर्जुनकुमार शर्मालाई धनुषाको प्रजिअमा तथा मन्त्रालयका सूर्यप्रसाद खत्रीलाई रामेछापको प्रजिअमा सरुवा गरिएको छ । रामेछापका प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा र मन्त्रालयका कमलराज भण्डारीलाई मनाङको प्रजिअमा सरुवा गरिएको छ । -यसैगरी, मनाङका प्रजिअ गञ्जबहादुर एमसीलाई बर्दियाको सहायक प्रजिअमा, गृह मन्त्रालयका यदु पौडेललाई प्युठानको प्रजिअमा, प्युठानका जनकराज पन्तलाई बाँकेको सहायक प्रजिअमा, मन्त्रालयका विनोद खड्कालाई रुकुुमको प्रजिअमा, रुकुमका वंशीकुमार आचार्यलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा, राष्ट्रिय परिचयपत्रका निर्देशक शरद पोख्रेललाई मुगुको प्रजिअमा सरुवा गरिएको छ । -यसैगरी गोरखाका सहायक प्रजिअ नेत्रप्रसाद शर्मालाई डोल्पाको प्रजिअमा, डोल्पाका चेतराज बराललाई राष्ट्रिय परिचयपत्रको कार्यालयमा, मन्त्रालयका उपसचिव जनकराज भट्टलाई डडेल्धुराको प्रजिअमा र डडेल्धुराका उदयबहादुर ठकुरीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । यस्तै, इलाका प्रशासन कार्यालय लहानका तुलसी पौडेललाई बैतडीको प्रजिअमा, बैतडीका किशोरकुमार चौधरीलाई धनुषाको सहायक प्रजिअमा, मन्त्रालयका केशवबहादुर थापालाई बझाङको प्रजिअमा, डोटीका सहायक प्रजिअ शंकरबहादुर विष्टलाई अछामको प्रजिअमा, अछामका कोशलराज शर्मालाई गुल्मीको सहायक प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । -यसैगरी गृह मन्त्रालयले कैलालीका सहायक प्रजिअ हीरालाल चौधरीलाई अध्यागमन कार्यालयमा, बाँकेका सहायक प्रजिअ मोहनराज जोशीलाई कैलालीको सहायक प्रजिअमा, कालिकोटका प्रजिअ कृष्णबहादुर खड्कालाई बा“केको सहायक प्रजिअमा, उपसचिव गिरिधारी सुवेदीलाई कालिकोटको प्रजिअमा सरुवा गरिएको छ । -बर्दियाका सहायक प्रजिअ भोजराज श्रेष्ठलाई इलाका प्रशासन कार्यालय दमकमा, धनकुटाका उपक्षेत्रीय प्रशासक कमल विष्टलाई राष्ट्रिय परिचयपत्रको निर्देशकमा धनकुटाका सहायक प्रजिअ सोमप्रसाद भट्टराईलाई इलाका प्रशासन कार्यालय लहानमा, गृह मन्त्रालयका धनप्रसाद शर्मालाई हुम्लाको प्रजिअमा र हुम्लाका कृष्णबहादुर घिमिरेलाई धनकुटाको सहायक प्रजिअमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । सरुवा हुने डिआइजी जनपदतर्फ : महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रकाश अर्याललाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान शाखामा, प्रहरी प्रधान कार्यालय विशेष ब्युरोका बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा, क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका पशुपति उपाध्यायलाई प्रहरी प्रधान कार्यालय कार्य विभागमा, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयका देवेन्द्र सुुवेदीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा तथा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विजयलाल कायस्थलाई क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सरुवा गरिएको छ । यसैगरी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयका मधुप्रसाद पुडासैनीलाई क्षेत्रीय प्रहरी कार्यालय पोखरामा, प्रहरी महानिरीक्षकको सचिवालयका माधवप्रसाद जोशीलाई प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखामा, क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका केशरीराज घिमिरेलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ । क्षेत्रीय प्रहरी कार्यालय पोखराका कमलसिंह बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका मिङमार लामालाई महानगरीय ट्राफिक महाशाखामा, प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयका पंकज श्रेष्ठलाई महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर काठमाडौंमा, क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका माधवप्रसाद नेपाललाई प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय कार्य विभागका हेमन्तबहादुर पाललाई प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा, महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका गोविन्दप्रसाद निरौलालाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना निर्देशनालयमा, प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखाका रोमेन्द्रसिंह देउजालाई सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलमा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठनाका सुदीप आचार्यलाई राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबारमा खटाइएको छ । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका गणेश केसीलाई क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा, अख्तियारका केदारमानसिंह भण्डारीलाई प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालयमा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयका रमेशकुमार भट्टराईलाई क्षेत्रीय प्रहरी कार्यालय विराटनगरमा सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । डिआइजी सरुवा गर्दा वरिष्ठ र क्षमतावानलाई पाखा लगाएर कनिष्टहरूलाई बढी महत्वपूर्ण र संवेदनशील क्षेत्रको जिम्मेवारी दिएको भन्दै संगठनभित्र असन्तुष्टि व्यक्त गरिएको छ । सशस्त्रतर्फ : मुक्तिनाथ बाहिनी पोखराका डिआइजी नरेन्द्रबहादुर सिंहलाई रुद्र बाहिनीमा सरुवा गरिएको छ । त्यस्तै, दिवाकर केसीलाई आइजिपीको सचिवालय, जानकीराज भट्टराईलाई बराह बाहिनी, निराकरविक्रम शाहलाई सशस्त्र प्रहरी विद्यालयमा सरुवा गरिएको छ । यस्तै, सुबोध अधिकारीलाई मुक्तिनाथ बाहिनी, खडानन्द चौधरीलाई मद्दती तथा सेवा निर्देशनालय, सुरज श्रेष्ठलाई कार्यविभाग, राजेश श्रेष्ठलाई अन्वेषण तथा विकास निर्देशनालय तथा बाबुराम पाण्डेलाई व्यवसायिकता तथा गुणस्तर निर्धारण निर्देशनालयमा सरुवा गरिएको छ । गत महिना बढुवा भएका तीन डिआइजीको पनि पदस्थापन भएको छ । बढुवा भएलगत्तै खड्ग राई वसन्त बानियाँले बाहिनीपति पाएका छन् । उनलाई महेश्वरी बाहिनीमा पदस्थापन गरिएको छ । एक वर्षदेखि उनी सोही बाहिनीमा निमित्त बाहिनीपतिका रूपमा काम गर्दै आएका थिए । त्यस्तै, राईलाई वैद्यनाथ बाहिनीमा पदस्थापन गरिएको छ । मन्दीप श्रेष्ठलाई प्रशिक्षा प्रतिष्ठानमा सरुवा गरिएको छ । केहीलाई लगातार इन्चार्ज दिएपछि डिआइजी रवि थापा क्षेत्रीलाई भने इन्चार्ज दिइएको छैन ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy