Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

मालपोतका कर्मचारीको मिलेमतो : ६ महिनामा साढे २ करोड राजस्व छली

\"\"काठमाडौं, १३ फागुन । उपत्यकाका तीन जिल्लाका विभिन्न मालपोत कार्यालयका कर्मचारीले घरजग्गा बिक्री गर्ने व्यक्तिसँग साँठगाँठ गरी ६ महिनामा दुई करोड ५० लाखभन्दा बढी राजस्व छली गरेको पाइएको छ । आजको नयाँ पत्रिकामा खबर छ– काठमाडौं, भक्तपुर र ललितपुरका ६ मालपोत कार्यालयका कर्मचारीले चालू आर्थिक वर्ष ०७३(७४ को पछिल्लो ६ महिनाको अवधिमा असुल गर्नुपर्ने पुँजीगत लाभकर २ करोड ५० लाख असुलै नगरी राजस्व ठगी गरेको पाइएको हो । उनीहरूले विक्रेतासँगको मिलिमतोमा पुँजीगत लाभकर लिनुपर्ने नियमलाई समेत लत्याउँदै कम रकम उठाएको पाइएको छ । काठमाडौका डिल्लीवजार, कलंकी, चावहिल र साखु तथा भक्तपुर र ललितपुरका मालपोत कार्यालयका कर्मचारीहरुवाट त्यति ठुलो राजश्व रकम छली गरेको पाइएपछि त्यहाँ कार्यरत ८० भन्दा वढि कर्मचारी छानवीनको घेरामा परेका छन् । राजश्व ठगीमा कर्मचारीकै मिलिमतो पाईएपछि भुमिसुधार तथा व्यवस्था मन्त्रालयले छानवीन अघि वढाएको छ । भुमिसुधार मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले राजश्व छली गर्ने कर्मचारी माथि छानवीन थालिएको बताए । ‘विभिन्न मालपोत कार्यालयमा पुँजीगत लाभकर उठाउने सन्दर्भमा व्यापक वद्मासी भएको पाइएको छ । राज्यको सम्पति दुरुपयोग गर्ने जोसुकै माथि पनि कडा कार्वाही गरिन्छ’, उनले भने । मन्त्रालयले उपसचिवको नेतृत्वमा अधिकृत सदस्य रहेका पाँच वटा छुट्टाछुट्टै टोली गठन गरेर छानबिन थालेको थियो । ति टोलीले ६ वटा मालपोत कार्यालयले विगत ६ महिनाको अवधिमा असुल गर्नुपर्ने पुजीगत लाभकर वापतको २ करोड ५० लाख भन्दा वढि राजश्व असुल नगरि वद्मासी गरेको निश्कर्ष निकालेको थियो । छानवीनमा टोलीका सदस्यहरुका अनुसार ६ वटै मालपोत कार्यालयका कर्मचारी र जग्गा विक्री गर्ने विक्रेताहरुको मिलिमतोमा कतिपय स्थानमा मुनाफा नै नदेखाउने तथा विभिन्न वहानामा मुनाफा रकम लुकाएर पुजीगत लाभकर नै असुल नगरेको पाईएको थियो । अधिकांश मालपोत कार्यालयवाट पुँजीगत लाभकर वापत कूल मुनाफाको ५ प्रतिशत रकम लिनु पर्नेमा २ दशमलव ५ प्रतिशत मात्रै लिएको पाइएको छ । विक्री गर्नेले घर जग्गा मिलाउँदा, सम्याउँदा वा कम्पाउण्डिङ गर्दा मुनाफा रकमबाटै विभिन्न खर्च भएको विवरण देखाए पनि कुन शिर्षकमा कति रकम खर्च भएको नखुलाइएको उनीहरुले बताए । के हो पुजीगत लाभकर ? घरजग्गा लगायतका सम्पति विक्री गर्दा कूल मुनाफा वापत सरकारलाई वुझाउनु पर्ने तोकिएको राजश्व रकम नै पुजीगत लाभकर हो । यो रकम सरकारले विक्री गर्ने व्यक्तिवाट असुल उपर गर्छ । सरकारले वजेट मार्फत नै पुजीगत लाभकर उठाउने नीति अख्तियार गर्दै आइरहेको छ । सो अनुसार कुनै पनि व्यक्तिले घर जग्गा विक्री गर्दा आउने नाफाको २ दशमलव ५ प्रतिशत देखि ५ प्रतिशत सम्म रकम सरकारलाई वुझाउनु पर्छ । घरजग्गा खरिद गरेको पाँच वर्ष भित्र विक्री गरिएमा विक्रेताले कूल नाफाको ५ प्रतिशत र ५ वर्ष पछि विक्री गरिएमा नाफाको २ दशमलव ५ प्रतिशत रकम सरकारलाई वुझाउनु पर्ने कानुनी प्रावधान छ । कर्मचारीका ‘डन’हरुको सरुवा भुमिसुधार तथा व्यवस्था मन्त्रालयमा सचिवको रुपमा आएपछि देवकोटाले उपत्यकाका मालपोत र नापी कार्यालयमा वर्षौदेखि अड्डा जमाएर वसेका कर्मचारीलाई अन्यत्र सरुवा गरेका छन् । उनले लामो समयदेखि मालपोत र नापीमा वसेका कर्मचारीलाई सरुवा गरेर आफुले सुद्धिकरण थालेको बताए । मालपोत कार्यालय आकर्षक र मालदार कार्यालयको रुपमा चिनिन्छ । त्यहाँ जान कर्मचारीहरुले साम, दाम, दण्ड अपनाउने गरेका छन् । त्यसैले केहि कर्मचारी लगातार १० वर्षसम्म मालपोत कार्यालयमा नै कार्यरत रहदै आएका थिए । ८० कर्मचारीको जागिर संकटमा भूमिसुधार तथा व्यवस्था मन्त्रालयले राजस्व छलीमा संलग्न ८० कर्मचारीलाई कारबाहीको तयारी गरेको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मा लगाउने सम्बन्धमा अख्तियारका अधिकारीहरूसँग छलफल पनि थालेका छन् । तर, कर्मचारीलाई कारबाही नगर्न सचिव देवकोटामाथि दबाब आइरहेको मन्त्रालय स्रोतको दाबी छ । ‘सचिवले आमूल सुधार गर्न खोज्नु भएको छ, तर वर्षौँदेखि खान पल्केकाले उहाँलाई धम्क्याउनसमेत थालेका छन्,’ मन्त्रालयका एक अधिकारीले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy