Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

यसकारण लचिलो भयो एमाले

काठमाडाैं, १३ फागुन । बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच सभामुखको चेम्बर सिंहदरबारमा भेट भयो । अाजको नयाँ पत्रिकामा खबर छ– एमालेले संसद्मा मौन बसेर संशोधन प्रक्रिया अगाडि बढाउन दिने सहमति जनायो । एमाले यसकारणा भयो लचिलो स्थानीय चुनाव घोषणा १४ मंसिरमा दर्ता भएको संविधान संशोधन विधेयक एमालेसहित विपक्षी ९ दलको अवरोधका कारण २४ पुसमा मात्रै टेबुल गर्न सम्भव भयो । अवरोधबीच टेबुल भए पनि प्रक्रिया अगाडि बढ्न सकेको थिएन । तर, स्थानीय निर्वाचन घोषणापछि बिहीबारको बैठकमा ९ दलका तर्फबाट एमाले उपनेता सुवास नेम्वाङले विपक्षमा मतदान गर्ने प्रस्ट अडान राखेर प्रक्रियामा अवरोध नगर्ने, तर छलफलमा भाग नलिने घोषणा गरे । अब सरकारले दर्ता गरेको प्रस्ताव पास अथवा फेल जे भए पनि निक्र्योलमा पुग्ने प्रक्रियामा अघि बढेको छ । विपक्षमा प्रस्ट एकतिहाइ प्रक्रिया अघि बढाइए पनि एमालेसहित विपक्षी ९ दलको गठबन्धनमा प्रस्ट एकतिहाइ २ सय १ सांसद रहेकाले पारित नहुनेमा उनीहरू ढुक्क छन् । ३४ जना सांसद रहेको सत्तारुढ चौथो ठूलो दल राप्रपाले पनि सीमांकन हेरफेर स्वीकार्य नहुने भन्दै विपक्षमा मतदान गर्ने बताइरहेकाले पारित नहुने हिसाब गरेर विधेयक अघि बढाउन एमालेसहितको विपक्षी गठबन्धन तयार भएको हो । अर्को सत्तारुढ दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसमेत विधेयक जस्ताको तस्तै पारित गर्न नहुने पक्षमा भएकाले एमालेलाई संशोधन फेल गराउन सकिन्छ भन्ने विश्वास छ । धेरै संशोधन पर्ने विश्वास सैद्धान्तिक छलफलपछि विधेयकमाथि ७२ घन्टाभित्र संशोधन हाल्ने समयमा मधेसी मोर्चाले संशोधन हाल्ने एमालेको बुझाइ छ । त्यति मात्र होइन, थारू, जनजाति र राप्रपाले समेत संशोधन हाल्ने भएकाले झन् भद्रगोल हुने र सरकारका लागि थप टाउकोदुखाइ हुने एमालेसहित विपक्षी दलको बुझाइ छ । ‘सरकार र मधेसी मोर्चाले सोचेजस्तो मात्रै हुँदैन, थारू, जनजाति सांसददेखि अरूले पनि सीमांकनलगायतमा संशोधन हाल्न सक्छन्, त्यसपछि झन् भद्रगोल हुँदा सरकारले भनेजस्तो केही पनि सजिलो हुनेछैन भन्नेमा हामी विश्वस्त छौँ,’ एमाले नेता अग्नि खरेलले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy