फाल्गुन १३ गते, २०७३ शुक्रवार 24th February, 2017 Fri०७:१२:५६ मा प्रकाशित
काठमाडौं, १३ फागुन ।पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिमा भक्तजनलाई एक घन्टाभित्रै दर्शन र पूजाआजाको व्यवस्था मिलाउने जनाएको छ । विगतका सबै समस्या हटाएको दाबी गर्दै कोषले यसपटक एक घन्टामै पशुपतिनाथ मन्दिर पुर्याउने जनाए सँगै ट्राफिक प्रहरीले समेत शिवरात्रिका लागि पशुपति क्षेत्रको यातायात व्यवस्थापनका लागि तयारी पूरा गरेको छ ।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– शुक्रबार शिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा सवारी आवगमन अस्तव्यस्त हुने भएकाले प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विभिन्न रोडमा सवारीलाई प्रवेश निषेध गरेको छ। महानगरीय ट्राफिक महाशाखाका अनुसार निम्न सडकमा सवारी प्रवेश रोक लगाइएको छ।
सवारी प्रवेश निषेध गरिने स्थान सडक
चावहिलबाट गौशाला तर्फ,
पुरानो बानेश्वरबाट गौशालातर्फ,
ज्ञानेश्वर मैतिदेवि मोड्बाट रातोपुल हुँदै गौशाला तर्फ,
जोरपाटी नारायणटारबाट करिडोर बाटोहुदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ
सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग,
जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
मालबाहक सवारी साधनका लागि :
तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिल तर्र्फ आउन रोक लगाईएको ।
नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि उक्त दिन रोक लगाईएको ।
यात्रुबाहक सवारी साधन :
नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनलाई पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको छ,
रातोपुल गौशाला, चावहिल हुँदै बौद्धतर्फ चल्ने सवारी साधन पुरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको छ,
कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माइक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कनु पर्ने छ,
रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माइक्रोबस र टेम्पोलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको छ,
शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माइक्रोबस तथा टेम्पो पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको छ ।
पार्किङ्ग व्यवस्थापन : तिलगंगा : दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक,
अमालकोट : भारतीय दर्शनार्थीका साना सवारी साधन र पासवाला सवारी साधन,
सिफल चौर : स्वदेशी तथा विदेशी दर्शनार्थी एवम् तीर्थयात्रीका सवारी साधन,
गौशाला प्रभाग : पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधन,
कोषको कार्यालय : पासवाला सवारी साधन,
गुहेश्वरी पारी : बौद्ध, जोरपाटी तर्फबाट आउने भक्तजनका सवारी साधन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: