Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पढ्ने उमेरमा भागेर बिहे

\"\"काठमाडाैं, फागुन १३ । चितवनको कालिका नगरपालिका भटेनी स्थित पृथ्वी माध्यमिक विद्यालयमा नौ कक्षा पढ्दै गरेकी पदमपुर निवासी १६ वर्षीय सुष्मा चेपाङले तीन साता अघि विवाह गरिन् । उनले चितवनका काउले गाविस–४ राक्सिराङका १७ वर्षीय सुसन चेपाङसँग भागेर विहे गरिकी हुन् । अाजको अन्नपूर्ण पोष्टमा खबर छ–आफ्नो भाउजु सुनिताका सहोदर भाइ सुमनसँग मायाप्रति बसेपछि सुष्माले पढाइ छाडेर भाउजुको माइतीमा बुहारी बन्न निधो गरिन् । आफुले मनपराएको सुसनसँग घरजम गर्न पाउँदा खुशी देखिएको सुष्मालाई पढाइ छाड्नु परेकोमा कुनै पछुतो छैन । ‘हाम्रो लभ परेको तीन महिना भएको थियो’ घाँटीमा झुन्डिएको सुनको तिलहरी खेलाउँदै सुष्माले भनिन्, ‘माघ २० गते घरबाट भागेर उहाँसित यो गाउँमा आएँ ।’ सुष्मा पहिलो पटक यो गाउँमा दुई वर्षअघि भाउजुसँग आएकी थिइन् । त्यतिबेला सुष्मा र सुसनको देखादेख मात्र भएको थियो । गत वर्ष पुनः भाउजुसँगै सुष्मा आए पछि आफुहरुको बोलचाल भएको सुसन बताउँछन् । \'दिदीसँग सुष्मा घर आएका बेला उनलाई देखेपछि मन पराउँन थालें\', लजाउँदै भुईतिर हेरेर सुसनले भने, ‘त्यसपछि म पनि दिदीलाई भेट्न पदमपुर जान थालेँ ।’ फोनमा पहिले दिदीसँग र पछि सुष्मासँग कुरा गर्न थालेपछि सुष्माले पनि आफुलाई मन पराउन थालेको सुमन बताउँछन् । तीन कक्षा पढेपछि पढाइ छोडेर मजदुरी गर्न हिँडेका सुसन घरमा बावुसँग सल्लाह गरेरै सुष्मालाई भगाएर ल्याएको बताउँछन् । सुसनले विहेपछि ससुराली नगएको जानकारी गराउँदेै भने, फागुन २० गते पोङ (कोसेली) लिएर ससुराली जान्छु । गाउँमा त बिहे गरेको भोलिपल्ट कुखुराको भाले काटेर गाउँलाई भोज खुवाइसक्यौँ ।’ कोराक गाविसका तीन, चार र पाँच नम्बर वडामा उत्थानशील चेपाङ समुदाय निर्माणका लागि एकीकृत कार्यक्रम सञ्चालन गरिरहेको नेपाल ग्रामीण आत्मनिर्भर अभियान (रुसेक) नामक संस्थाका अध्यक्ष रविकिरण पौडेल शिक्षा र चेतना अभावमा चेपाङ समुदायमा उमेर नपुग्दै बिहेबारी हुने गरेको बताउँछन्। उनीहरूको चेतनास्तर विकासका लागि रुसेकले महिला, पुरुष र बाल समूह गठन गरी तालिम र छलफल कार्यक्रम गर्दै आएको उनले जानकारी दिए।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy