Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

निर्वाचन बिथोल्ने रणनीतिमा मोर्चा

\"\"काठमाडौं, १४ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले स्थानीय तहको निर्वाचन बिथोल्ने रणनीतिका साथ सशक्त आन्दोलन गर्ने जनाएको छ । गठबन्धनले निर्वाचन बिथोल्नकै लागि सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलन चर्काउने तयारी गरेको छ । सरकारले ३१ वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । आजको राजधानी दैनिकमा खबर छ–संघीय समाजवादी फोरम नेपालको तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बसेको गठबन्धनको बैठकले सरकारलाई बुझाएको २६ बुँदे माग कार्यान्वयन नगरी निर्वाचनको मिति घोषणा भएकाले निर्वाचन बिथोल्ने चेतावनी दिएको हो । ‘गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण आयोगले अहिलेसम्म पनि विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको संख्या र सीमा निर्धारण नगरेको अवस्थामा घोषित निर्वाचनको मिति आफैंमा असंवैधानिक छ,’ गठबन्धनका प्रवक्ता डा। ओम गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको, ‘वर्तमान सरकार आफैंले संसद्मा दर्ता गरेको संशोधन विधेयक परिमार्जनसहित पारित नगरी २०७४ वैशाख ३१ गतेका लागि निर्वाचन घोषणा गरिएकाले स्थानीय तहको निर्वाचन हामीलाई मान्य छैन, त्यसकारण यसका विरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरियो ।’ मधेसी मोर्चाले भने यसअघि नै निर्वाचनको विरोधमा आन्दोलन सुरु गरिसकेको छ । संविधान संशोधन परिमार्जनसहित पारित गरेर निर्वाचन गर्नुपर्ने माग मधेसी मोर्चासहितको गठबन्धनले गर्दै आएको छ । तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माग सम्बोधन नगरी हुन लागेको निर्वाचन मधेसी मोर्चासहितको गठबन्धनलाई कुनै हालतमा स्वीकार हुनै नसक्ने बताए । ‘निर्वाचन बिथोल्न के–के गर्नुपर्छ आन्दोलनमार्फत त्यो सबै गर्न हामी तयार छौं,’ यादवले भने । गठबन्धनको बैठकले अगामी आन्दोलन सशक्त रूपमा अगाडि बढाउने निर्णय गरेको उनले बताए । बैठकले आन्दोलनको खाका बनाउन फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलले एक हप्ताभित्र आन्दोलनका भावी कार्यक्रम तय गरी गठबन्धनको बैठकमा पेस गर्नेछ । कार्यदलमा गठबन्धनका नेताहरू वृषेशचन्द्र लाल, केशव झा, रामनरेश राय, डा. ओम गुरुङ, डा. विजय सैंजु, दुर्गा राई, दलमर्दन कामी र प्रेमबहादुर खाती रहेका छन् । कार्यदललाई भावी आन्दोलनलाई समर्थन र सहयोग गर्ने राजनीतिक दल, नागरिक समाज, विभिन्न सामाजिक संघ÷संस्थासँग छलफल तथा समन्वय गरी उनीहरूलाई आन्दोलनमा समर्थन एवं सहभागी गराउने जिम्मेवारी दिइएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा मधेसी मोर्चासहित गठबन्धनमा आबद्ध संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरी अर्को बैठकमा निर्णय गरिने गठबन्धनले जनाएको छ । अहिले सरकारलाई दिएको समर्थन फिर्ता नलिई मधेसी मोर्चाले आन्दोलन गरिरहेको छ । अबको आन्दोलनमा डा। बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टीलाई समेत सहभागी गराउने तयारी भइरहेको नेताहरूले बताएका छन् । यस विषयमा शुक्रबारको बैठकमा पनि कुरा उठेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy