Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

दुई छिमेकी दूतको एउटै सुझाब : असन्तुष्टलाई मिलाएर चुनाव गर

\"\"काठमाडौं, १४ फागुन । शुक्रबार फरक–फरक कार्यक्रम र फरक–फरक विषय । एउटा कार्यक्रमका वक्ता भारतीय राजदूत रणजित राय थिए भने अर्कोमा चिनियाँ राजदूत यु होङ । फरक समय र सन्दर्भका कार्यक्रममा दुवै राजदूतले नेपाल सरकारलाई एउटै कुरा सुझाए, ‘असन्तुष्ट दलसँग वार्ता गर ।’ आजको नयाँ पत्रिकामा खबर छ– नेपालका लागि चिनियाँ राजदूत होङले होटेल अन्नपूर्णमा नेपाल–चीन हिमालय मैत्री समाजको कार्यक्रममा ‘असहमति राखेका दलहरूलाई साथमा लिएर अघि बढ्न’ आग्रह गरिन् । ‘असहमति राखिरहेका दलहरूसँग वार्ता गरेर उनीहरूलाई पनि साथमा लिएर नेपालले सामाजिक समृद्धि हासिल गर्नेछ भन्नेमा चीन विश्वस्त छ,’ एमाले महासचिव ईश्वर पोखरेल, कांग्रेस नेता डा। रामशरण महतसहित हिमाली जिल्लाको प्रतिनिधित्व गर्ने सांसदहरूमाझ राजदूत होङले भनिन् । १० मिनेट लामो चिनियाँ भाषामा लेखेर ल्याएको सम्बोधनमा राजदूत होङले निर्वाचनबारे केही उल्लेख गरिनन् । त्यसअघि शुक्रबार दिउँसो रिपोर्टर्स क्लबमा भारतीय राजदूत रणजित रायले सबैलाई साथ लिएर निर्वाचनमा अघि जान सुझाब दिए । ‘संविधान जारी हुने वेलामा पनि हामीले सबैलाई मिलाएर जान भनेका थियौँ,’ दुई वर्षअघिको प्रसंग उल्लेख गर्दै रायले भने, ‘अहिले पनि हाम्रो कुरा त्यही छ कि सबैलाई साथमा लिएर दलहरू अघि जाऊन् । त्यसले लोकतन्त्र र स्थायित्व सुनिश्चित गर्छ । यसका लागि सरकारले गर्ने सबै प्रयासलाई भारत समर्थन र सहयोग गर्छ ।’ सैद्धान्तिक रूपमा भारतले निर्वाचनको विरोध नगर्ने उनको भनाइ थियो । ‘हाम्रो अडान एउटै छ,’ कार्यकाल सकेर १८ फागुनमा नयाँदिल्ली फर्किन लागेका रायले भने, ‘लोकतन्त्र सुदृढ पार्ने सबै प्रयासलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्रका हिसाबले हामी समर्थन गर्छौँ, तर सबैलाई साथमा लिएर अघि बढ्दा नेपालमा स्थायित्व हुन्छ ।’ सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि भारतका तर्फबाट आएको यो पहिलो प्रतिक्रिया हो । ‘निर्वाचन नियमित रूपमा हुनुपर्छ, त्यसले लोकतत्र सुदृढ गर्छ, यसमा कुनै द्विविधा छैन,’ रायले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy