फाल्गुन १४ गते, २०७३ शनिवार 25th February, 2017 Sat०७:२७:०३ मा प्रकाशित
काठमाडौं, १४ फागुन । धौलागिरि हिमालको शिखर चुम्नै लागेका आरोही लाक्पा शेर्पा परिवार र आफन्तजनसँग खुसी साट्न आतुर थिए। तर एकाएक झस्किए। आफू उभिएकै अगाडि विदेशीको शव देखेपछि उनको उत्साह हरायो। ‘त्यो देखेपछि मेरो मन नै मरेर आयो। परिवार र आफन्तलाई फोन पनि गरिनँ’, उनले भने।
अाजको अन्नपूर्ण पोस्टमा खबर छ– अघिल्लो वर्ष मे १८ मा ८ हजार १ सय ६७ मिटर आग्लो धौलागिरि चुचुरो चुमेका थिए उनले । ‘विदेशी नागरिकको यो शव करिब २० वर्ष पुरानो होला। ‘ती पर्वतारोही पनि मजस्तै उत्साहित भएका थिए होलान् चुचुरो चुम्दा’, पायोनियर एडभेन्चर ट्रेक प्रालि आरोही दलका प्रमुख लाक्पा शेर्पाले भावुक हुँदै सम्झे, ‘लमतन्न परेर ढलेको अन्दाजी ४५÷५० वर्षका लाग्ने विदेशीको मृत शरीर देखेपछि मन खङ्ग्रङ्ग भयो।’
समस्या हिमालमा ढलेको विदेशी आरोहीको एउटा शवको मात्र हैन, अहिले आरोहण अनुमति दिइएका अधिकांश आठ हजार मिटरभन्दा अग्ला हिमालमा यस्तै बेवारिस शव बग्रेल्ती छन्। लाक्पा भन्छन्, ‘हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा ठाउँठाउँमा शव कुल्चनुपर्ने अवस्था छ।’
विदेशी र नेपाली आरोहीका शव हिमालमा त्यत्तिकै छन्। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्तै शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्कँदै मन खिन्न पार्छन्।
पर्वतारोहण प्रशिक्षक संघका उपाध्यक्ष अर्का आरोही लाक्पा शेर्पाले चार वर्षअघि आफूसँगै आरोहणमा हिँडेका दोस्रो टोलीका तीनजना चिनियाँ धौलागिरि हिमालमै हराएको दुःखद् घटना सुनाए। ‘ती चिनियाँको शव खराब मौसामले गर्दा ल्याउन सकिएन, हिमालमै रह्यो’, उनले भने।
हिमाल विशेषज्ञसमेत रहेका उपाध्यक्ष लाक्पा कमजोर सुरक्षा विधिका कारण हिमालैभर आरोहीको शव देखिने अवस्था आएको बताउँछन्। हिमालमा रहेका वेवारिस शवको व्यवस्थापन नहुँदा समस्या भएको स्वीकार गर्दै उनले भने, ‘मन्त्रालय र विभागले प्राथमिकता दिएर शव ल्याउनुपर्छ।’
आठ हजार मिटरमाथिको क्षेत्रलाई ‘डेड जोन’ (कालभूमि) मानिन्छ। हिमालमा चढ्दा स्वयं सतर्क नहुनु, कम्पनीका सहयोगी र गाइड दक्ष नहुँदा मृत्यु हुने आरोहीको संख्या बढेको उनको भनाइ छ।
हिमाल आरोहण कठिन कार्य हो। ठाडो हिउँको उकालोमा ‘एक्स’ खोपेर डोरीमा झुन्डँदै अघि–अघि चढिरहेको आरोहीले पछाडि फर्केर हेर्न पनि सक्दैन। कथम् कदाचित आफूसँगै आरोहण गरिरहेको साथी खस्यो भने पनि उसलाई त्यत्तिकै छाडेर अघि बढ्नु त्यहाँको बाध्यता हो। त्यसैले एकै दलको साथीको मृत्यु भए पनि उसको शव हिमालमा त्यत्तिकै रहन्छ।
आरोही आफू पनि सक्षम भई हिमाल चढ्छन्। राम्रो पर्वतीय अनुभव भएको गाइडबाट मात्र हिमालमा आरोहण गराउँदा थोरै दुर्घटना हुने गरेका छन्। सामान्य शिखरसमेत नचढी सगरमाथा चढ्न होडबाजी गर्ने चलनले पनि हिमालमा शवको संख्या बढेको विषेशज्ञहरूको दाबी छ। कमजोर आरोहीलाई बचाउन खोज्दा दर्जंनौं गाइडको समेत मृत्यु भइसकेको छ।
नेपाल पर्वतीय पथप्रर्दशक संघका महासचिव एवं आरोहण-विशेषज्ञ फुर्वानाम्गेल शेर्पा कम्पनीले पैसाको लोभमा जोसुकैलाई हिमाल आरोहण गराउन पहल गर्ने र सरकारले पनि क्षमता नहेरी अशक्तलाई समेत आरोहण अनुमति दिने गर्दा यो अवस्था आएको बताउँछन्। यो अवस्था नहटेसम्म शवको संख्या झन् बढ्ने उनको तर्क छ।
हिमालको ‘रोयल्टी’ संकलन गर्न मात्र मन्त्रालय–विभागले ध्यान दिने उनको आरोप छ। चुचुरोका शव व्यवस्थापनमा पनि ध्यान दिन सरकारलाई उनी आग्रह गर्छन्। कानुनअनुसार कसैको मृत्यु भएमा उसको शव त्यहाँबाट ल्याउने जिम्मा उसलाई त्यहाँ पठाउने एजेन्सीको हुन्छ। त्यसपछि बिमा कम्पनीले परिवारलाई बिमा रकम दिनुपर्छ।
नेपाल पर्वातारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले बाटोमा पर्वतारोहीले केही शव देखे पनि हिमालमा सयौंको संख्यामा शव भएको बताउँछन्। उनी हिमालमा हिउँ पग्लँदा जताततै शव देखिने हिउँ पर्न थालेपछि पुरिएर नदेखिने बताउँछन्। ल्होत्से, कञ्चनजंजा, मनास्लु, आमादब्लम, छ्यो यू, मकालुलगायतका हिमालमा करिब सयभन्दा बढी शव अझै रहेको उनको दाबी छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: