Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

निर्वाचन आयोगलाई चुनौती नै चुनौती

\"\"काठमाडौं, १४ फागुन । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले निर्वाचनको तयारी व्यापक बनाउँदै लगेको छ । आगामी ३१ वैशाख २०७४ का लागि स्थानीय तहको निर्वाचन घोषणा भएसँगै आयोगले तयारीलाई तीव्र बनाएको हो । आजको राजधानी दैनिकमा खबर छ– आयोगलाई यतिबेला तयारी सँगै चुनौतीहरू पनि प्रशस्तै देखा पर्न थालेका छन् । सरकारले ८२ दिनमा चुनाव गर्ने गरी मिति घोषणा गरेपछि निर्वाचन अयोगले १६ वैशाखदेखि ३१ वैशाख २०७४ सम्मको कार्यतालिका सार्वजनिक गरिसकेको छ । योसँगै निर्वाचनका लागि मतपत्र छपाइ, कागज ढुवानी, कर्मचारी व्यवस्थापन र ब्यालेट बक्सको व्यवस्थापनबारे आयोगलाई समय व्यवस्थापन गर्दै अगाडि बढ्न चुनौती थपिएको छ । एकातिर नयाँ संरचनाअनुसार निर्वाचन गर्दा कति संख्यामा स्थानीय तह हुने भन्नेमा सरकार र निर्वाचन आयोग दुवै अन्योलमा छन् । यो नै निर्वाचनका लागि आयोगलाई पहिलो चुनौतीका रूपमा देखा परेको छ । सरकारले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन बुझे पनि त्यसलाई अध्ययन गर्न स्थानीय विकासमन्त्रीको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर जिम्मा लाएको छ, तर सो कार्यदलले दिएको सुझावमा के कति स्थानीय तह थप गर्ने भन्नेमा दलहरू बीचमा नै कुरा मिल्न सकेको छैन । जबकि, कार्यदलको एक साताको समय पनि सकिनै लागेको छ । स्थानीय तहको संख्या र आयोगको प्रतिवेदन नै मान्न तयार नहुने मधेसकेन्द्रित दलका कारण तराई–मधेसमा स्थानीय तह थप्नुपर्ने निष्कर्षसहितको सुझाव तीन मन्त्री सम्मिलित कार्यदलले सरकारलाई दिएको थियो । सो विषयको टुंगो नलागेसम्म निर्वाचन बुथ कति राख्ने भन्नेमा आयोगले निर्णय लिन सक्ने अवस्था छैन । यो अर्को चुनौती आयोगसामु छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, ‘स्थानीय तहको टुंगो जतिसक्दो छिटो लाग्नु नै हाम्रो लागि सबैभन्दा ठूलो चुनौती पार गर्नु हो, किनकि त्यसैका आधारमा निर्वाचन केन्द्र र बुथ निर्धारण गर्नु पर्ने बाध्यता छ ।’ उनका अनुसार निर्वाचन आयोगलाई मतपत्र छपाइ गर्नु अर्को चुनौती हो । कागज बाहिरबाट ल्याउनुपर्छ, छोटो समयमा बाहिरबाट कागज खरिद गरेर जनक शिक्षाबाट मतपत्र छपाइ गर्नु निकै चुनौतीपूर्ण काम छ । आयोगले शुक्रबार जनक शिक्षा पुगेर छपाइ मेसिन र कागजको निरीक्षण समेत गरेको छ । राजनीतिक दलहरूबीचको समन्वय, सहयोग र आपसी विश्वासको स्थिति यतिबेला आयोगलाई महत्वपूर्ण रहेको आयोगका आयुक्तहरूले बताएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy