Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

देउवाबाट अब पार्टी चल्दैन : पौडेल

\"\"काठमाडौं, १५ फागुन । पार्टी सञ्चालन अपादरर्शी भएको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग लिखित माग गरेको छ । राजदूत नियुक्ति, भ्रातृसंस्था सञ्चालन, स्थानीय चुनावका लागि पार्टी परिचालनसम्मका काममा सभापति देउवाले एकलौटी गरेको भन्दै छिटो बैठक बोलाएर छलफल गर्न पौडेल पक्षले माग गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ– पौडेल पक्षको शनिबार भएको बैठकमा नेताहरूले ‘अब देउवाबाट पार्टी चल्दैन’ भन्दै आ–आफ्ना धारणा राखेका थिए । तर, देउवालाई पत्र बुझाउँदा भने उनीहरूले नरम भाषा प्रयोग गरेका थिए । ९ कात्तिकको केन्द्रीय समिति बैठकयता देउवाले बैठक बोलाएका छैनन् । ‘पार्टी सञ्चालनको शैली पारदर्शी र संस्थागत भएन । भ्रातृसंस्था पनि व्यवस्थित भएन । राजदूत नियुक्तिमा उस्तै एकलौटी गुटगत प्रवृत्ति हाबी भयो भन्ने विषयमा गम्भीर समीक्षा भयो,’ छलफलमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेले नयाँ पत्रिकासँग भने, ‘पार्टी सञ्चालन नै पारदर्शी नभएपछि यी विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको बैठक तत्काल माग गर्न ध्यानाकर्षण गराउन लिखितपत्र बुझाइको हो ।’ केही दिनमै केन्द्रीय समिति बैठक नडाके अरु सदस्यहरूले पनि हस्ताक्षर गरेर दबाब बढाउने तयारी पौडेल पक्षको छ । पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष राष्ट्रिय परिस्थितिमा कांग्रेसले नेतृत्व गर्न आवश्यक भए पनि सभापतिको शैली र सक्रियता त्यस्तो नदेखिएको भन्दै पौडेल पक्षले पार्टी नेतृत्व सुस्ताएको निष्कर्ष निकालेको छ । सभापतिले पार्टीलाई एकढिक्का बनाउनुको सट्टा आफैंले गुटगत राजनीतिलाई बल दिएको भन्दै पौडेल पक्ष तीव्र असन्तुष्ट बन्न पुगेको छ । संविधान संशोधन गरी तीनवटा चुनाव गराउने विषयमा कांग्रेसको प्रभावकारी दबाब र सक्रियता हुनुपर्ने भए पनि त्यस्तो नदेखिएको भन्दै पौडेल पक्षका नेताहरू देउवाप्रति खनिएका हुन् । छलफलमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, डा.रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजाल, बद्रि पाण्डे, गुरु घिमिरे, जीवन परियार, सरिता प्रसाई, रत्ना शेरचन, कमला पन्त, कल्याण गुरुङ, गोविन्द भट्टराईसहितका नेता सहभागी थिए । स्ववियु चुनावमा सभापति अनुदार बैठकमा स्ववियु चुनाव गराउने विषयमा सभापति देउवा पक्ष नै अनुदार रहेको निष्कर्ष निकालिएको छ । ‘स्ववियुको नोमिनेसन हुने दिनसम्म पनि तालाबन्दी भइरह्यो । सभापति पक्षधर नेविसंघका सभापति तालाबन्दी गर्नुपर्छ भन्दै हिँडेका छन्,’ छलफलमा सहभागी एक नेताले भने, ‘यस्तो हुँदा एमालेको आरोपलाई बल पुर्‍याउने ठाउँ पार्टीभित्रैबाट दिएका छौं ।’ कांग्रेससँग उठबस नगर्नेलाई राजदूत बनाइकोमा आक्रोश बैठकमा आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडू, डा.मिनेन्द्र रिजालसहितका नेताले राजदूत नियुक्तिमा सभापति देउवाले एकलौटी गरेको र कांग्रेसलाई नै दाग लगाउने काम गरेको आरोप लगाएका थिए । ‘कांग्रेस नै नभएका आशा लामासहितलाई राजदूत बनाइएको असन्तुष्टि व्यक्त भएको छ,’ छलफलमा सहभागी केन्द्रीय सदस्य घिमिरेले भने, ‘कांग्रेसले चिनेको, कांग्रेससँग उठबस गरेका कोही भएनन् । कांग्रेसको बौद्धिक प्रतिष्ठाभन्दा बाहिरकालाई बनाएकोप्रति असन्तुष्टि व्यक्त भएको छ ।’ भीम उदास र रमेश कोइराला पनि कांग्रेसभन्दा बाहिरका भएको भन्दै पौडेल पक्षले असन्तुष्टि जनाएको हो । ‘राजदूत बनाइएका आशा लामा, भीम उदास र रमेश कोइरालालाई कसैले चिन्दैन । सल्लाह नगरी उनीहरूलाई कसरी राजदूत बनाइयो,’ नेताहरूको आक्रोशपूर्ण भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘यिनीहरूको परिचय, पहिचान, सम्बन्ध, चिनजान पार्टीसँग भएको देखिँदैन ।’ लामा युएई, कोइराला कतार र उदास म्यानमारका लागि राजदूत सिफारिस भएका छन् । श्रीलंकाका लागि सिफारिस गरिएका अर्थशास्त्री विश्वम्भर प्याकुरेलप्रति पनि पौडेल पक्षले सन्तुष्टि व्यक्त गरेको छ । बैठकमा कसले के भने ? देउवाबाट पार्टी चल्दैन : रामचन्द्र पौडेल कांग्रेसमा देउवाजी सभापति भएको एक वर्ष भयो, तर एक वर्षमा पदाधिकारी चयन, विभाग गठन, कार्यसम्पादन समिति गठन हुनै सकेको छैन । समयमा पार्टीका संरचना नबन्दा र नेता कार्यकर्तालाई जिम्मेवारी नदिँदा चुनाव लक्षित कार्यक्रम बनाउने र कांग्रेसको पक्षमा माहोल सिर्जना गर्न गाह्रो हुँदै गएको छ । पार्टीमा निर्णय पारदर्शी छैनन् । सरकार गठनका बेला कांग्रेसले १३ मन्त्रालय पाउने र हाम्रो पक्षलाई पाँच दिने भनियो, तर हामीलाई छलछाम गरी पछि १५ वटा कांग्रेसले लिएको देखियो । भ्रातृसंस्थामा पनि उहाँले उस्तै छलछामको राजनीतिक देखाउनुभएको छ । यी सबै विषय हेर्दा अब सभापति देउवाबाट पार्टी चल्दैन भन्ने हामी सबैले बुझ्नुपर्ने कुरा हो । पार्टीलाई सक्रिय बनाऔं : डा. रामशरण महत हामी स्थानीय, प्रान्तीय र केन्द्रीय चुनावको संघारमा भइरहँदा पार्टीभित्रै धेरै चुनौती छन् । जिम्मेवारी धेरै भइरहँदा हामी चुकिरहेका छौं । चुनावका मुखमा विभागलाई सक्रिय बनाउने, भ्रातृसंस्थालाई बलियो बनाउने र नेता कार्यकर्तालाई जिम्मेवारी दिएर खटाउनुपर्ने भए पनि सभापतिमा अलिकति पनि गहनता देखिएन । यस्तै चालले हामी कांग्रेसको पक्षमा माहोल बनाउन सक्दैनौं । सभापतिले पार्टी डुबाउन लागे : बलबहादुर केसी हिजो पदाधिकारी नियुक्ति, विभाग गठनदेखि केन्द्रीय सदस्य छान्नेसम्मका काममा देउवाले सुशील कोइरालालाई अप्ठ्यारो पारेका थिए । तर, आज सभापति भएपछि पनि उहाँले हिजो जुन कुरा उठाएका थिए, ती कुनै पनि काम गर्न सकिरहेका छैनन् । शेरबहादुरले पार्टी डुबाउन लागे, अब उनीबाट पार्टी चल्दैन भन्ने प्रमाणित भयो । अब सभापकिो कमजोर क्रियाशीलतालाई हामीले भण्डाफोर गर्नुपर्छ । गरम बैठकको नरम पत्र नेता पौडेलले देउवाका स्वकीय सचिव भानु देउवामार्फत ध्यानाकर्षण पत्र बुझाएका छन् । पत्रमा पार्टी संगठन, भ्रातृसंस्था सन्तुलित रूपमा चलाउनुपर्ने, राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै तीन तहको चुनावको विषयमा पार्टी परिचालन र सरकार सञ्चालनमा खेल्नुपर्ने भूमिकालाई प्रभावकारी बनाउन माग गरिएको छ । त्यसका लागि अविलम्ब केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाउनुपर्ने माग गरिएको छ । बैठकमा नेता डा. रामशरण महत आक्रामक ढंगले प्रस्तुत भएका थिए । तर, उनैको प्रस्तावअनुसार ‘भित्र बोल्ने कुरा एउटा हुन्छ, तर बाहिर लाने कुरा अर्को हुन्छ’ भन्दै पत्रमा नरम व्यहोरा उल्लेख गरिएको छलफलमा सहभागी एक नेताले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy