कांग्रेसका मधेसी मूलका सांसदले भने– संशोधन विधेयक पारित नभए तराई जान्नौं
फाल्गुन १६ गते, २०७३ सोमवार 27th February, 2017 Mon०६:४०:२५ मा प्रकाशित
काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसबाट संसद्मा प्रतिनिधित्व गर्ने मधेसी मूलका सांसदहरूले संविधान संशोधन विधेयक पारित नभएसम्म मधेसमा जान नसकिने भन्दै संसोधनका पक्षमा पहल गर्न नेतृत्वलाई दबाब दिएका छन् ।
आजको राजधानी दैनिकमा खबर छ– कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बोलाएको बैठकमा तराई–मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूले संविधान संशोधन विधेयक पारित नभए निर्वाचनका लागि मधेसमा जान नसक्ने जनाउसमेत दिएका छन् ।
उनीहरूले पार्टी केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकले संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरिसकेकाले त्यसलाई कार्यान्वयन गर्न पनि पार्टी नेतृत्व गम्भीर भएर लाग्नुपर्नेमा समेत जोड दिए ।
बैठकमा सहभागी बारा–३ बाट निर्वाचित सांसद फरमुल्लाह मन्सुरले मधेस र मधेसी जनताको माग सम्बोधनका लागि पार्टीले जिम्मेवार भएर लाग्नुपर्नेतर्फ बैठकमा सिंगो पार्टीको ध्यानाकर्षण गराएको बताए । ‘पार्टीले मधेसी जनताको माग सम्बोधनका लागि संसद्मा संविधान संशोधन विधेयक दर्ता गरायो, अब त्यसलाई जसरी पनि पास गरेर सहज रूपमा मधेसी जनतालाई निर्वाचनमा सहभागी गराउनुपर्छ भन्ने हाम्रो धारणा रह्यो,’ सांसद मन्सुरले भने, ‘सभापतिले जसरी पनि संशोधन पारित गराएरै छाड्ने लाइन लिएको प्रस्ट पार्नुभएको छ ।’
बैठकपछि सभापति देउवाले संशोधन विधेयक पारित गराउन पहल गर्ने निर्णय भएको बताए । उनले प्रमुख प्रतिपक्ष एमाले पनि संशोधनको पक्षमा आएरै छाड्ने जिकिरसमेत गरे । ‘एमालेलाई समेत सहमतिमा ल्याई संविधान संशोधन प्रस्ताव पारित गर्ने निर्णय भएको छ, जसरी पनि पारित गर्न लागि पर्छौं,’ सभापति देउवाले भने ।
गत बिहीबार सांसद मन्सुरसहित मधेसबाट संसद्मा प्रतिनिधित्व गर्ने कांग्रेस संसद्को टोलीले संविधान संशोधन विधेयकलार्ई फास्ट ट्र्याकबाट पारित गर्न सभापति देउवाको ध्यानाकर्षण गराएका थिए । संशोधन प्रस्ताव पारित गरी निर्वाचनको सहज वातावरण बनाउन उनीहरूले सभापति देउवालाई दबाब दिने निष्कर्षसहित यसअघि नै ज्ञापनपत्र बुझाइसकेका छन् ।
बैठकमा नेताहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, फरमुल्लाह मन्सुर, तेजुलाल चौधरी, महेश आचार्य, सुरेन्द्र चौधरी, भरत शाहलगायतका उपत्यकामा रहेका सांसद र नेताहरूको उपस्थिति थियो ।
नेकपा एमालेसहित विपक्षी नौ दलले संविधान संशोधन विधेयक कुनै हालतमा पारित हुन नदिने अडान राख्दै आएका छन् । गत १४ मंसिरमा सरकारले संविधान प्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न भन्दै संसद्मा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: