फाल्गुन १६ गते, २०७३ सोमवार 27th February, 2017 Mon०८:४८:०१ मा प्रकाशित
काठमाडौं, १६ फागुन । १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि राजधानीक विभिन्न क्याम्पसमा मनोनयन दर्ता रोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर राजधानी यी क्याम्पसहरुमा मनोनयन प्रक्रिया विवादका कारण रोकिएको छ ।
त्रिवि केन्द्रीय क्याम्पस
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदाता नामावलीको विषयलाई लिएर आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीको कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । निर्वाचन समितिले सहमतिका लागि गरेको प्रयास असफल भएको त्रिवि केन्द्रीय क्याम्पसका निर्वाचन आयुक्त लालुप्रसाद पौडेलले बताए ।
विश्वभाषा क्याम्पस
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदाता नामावलीमा फर्जी विद्यार्थी भएको भन्दै तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । चुनावी प्रक्रिया अघि बढाउन आइतबार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकालेका छन् ।
नेपाल कमर्स क्याम्पस
नेपाल कमर्स क्याम्पस मीनभवनमा मधेसी विद्यार्थी फोरम नेपाल ९लोकतान्त्रिक०ले फर्जी विद्यार्थीको विरोधमा एक सातायता गरेको तालाबन्दीका कारण निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन ।
रत्नराज्यलक्ष्मी क्याम्पस
शनिबार भएको नेविसंघ र अनेरास्ववियुको झडपका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए ।
पद्मकन्या क्याम्पस
बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शनिबारदेखि गरेको तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिवि नियमको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । तर, सोमबार कुनै पनि हालतमा मनोनयन दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ ।
शंकरदेव क्याम्पस
शंकरदेव क्याम्पसमा पनि तालाबन्दीका कारण आइतबार मनोनयन दर्ता हुन सकेन । माओवादी केन्द्र, वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको र आचारसंहिता उल्लंघन गरेको विरोधमा ताला लगाएका हुन् । ताला खुलाउनका लागि निर्वाचन कमिटीले सोमबार बिहान सर्वपक्षीय बैठक बोलाएको छ । सो बैठकबाट ताला खुलाउने सहमति भयो भने भोलि नै मनोनयन दर्ता प्रक्रिया सुचारु गरिने क्याम्पस प्रमुख कृष्ण आचार्यले बताए ।
अस्कल क्याम्पस
अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । विद्यार्थी संगठनलाई सहमतिमा ल्याउनका लागि अथक प्रयास गर्दा पनि सहमतिमा ल्याउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन आयुक्त गंगा श्रेष्ठले बताइन् ।
त्रिचन्द्रमा ताला खुल्यो
एक सातादेखि त्रिचन्द्र क्याम्पसमा लगाएको ताला खुलेको छ । ताला खुलेसँगै चुनावी प्रक्रिया अगाडि बढेको छ ।
सैद्धान्तिक परीक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी आन्दोलित थिए । सो विषयमा त्रिविले सिनेटमा छलफल गरी विवाद टुंग्याउने सहमतिपश्चात् ताला खुलेको हो । आइतबार त्रिचन्द्रमा संगठन दर्ता गरिएको छ ।
ल क्याम्पसमा तोडफोड
प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ । विद्यार्थीेले अवरोध सिर्जना गरेपछि कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन नसकिने समितिले क्याम्पस प्रशासनलाई लिखित रूपमा जानकारी गराएको छ । क्याम्पसले सूचना निकालेर घोषित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ । क्याम्पसले सूचना जारी गरेलगत्तै अनेरास्ववियुले निर्वाचन कार्यालय तोडफोड गरेको छ ।
वाल्मीकि क्याम्पसमा आगजनी
स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनावी कार्यक्रम अघि बढेसँगै क्याम्पसहरूमा आगजनी हुने क्रम पनि बढेको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ ।
तालाबन्दी हुनुभन्दा पहिला आफ्नोतर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अरू संगठनको उम्मेदवारी नपरेकाले निर्विरोध घोषणा गर्न माग गरेको अनेरास्ववियुले जनाएको छ । नेविसंघले भने विगतमा जस्तै यस वर्ष पनि चुनाव जित्ने निश्चित भएपछि अनेरास्ववियु आगजनीमा उत्रिएको आरोप लगाएको छ । निवर्तमान स्ववियु सभापति रमेश रिजालले कसैले माग गर्दैमा निर्विरोध घोषणा हुन नसक्ने बताए । त्रिविको कार्यतालिकाअनुुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...
कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...
काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...
युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...
चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...
प्रतिकृया लेख्नुहोस्: