Khabar Dabali २९ बैशाख २०८३ मंगलवार | 12th May, 2026 Tue

टिटी ताल, जहाँ दुर्इ थरिका दुर्लभ हाँस हेर्न पाइन्छ

मुस्ताङ, कुञ्जो गाविसमा पर्ने टिटी ताललाई दुर्लभ हाँसको बासस्थान मानिएको छ ।

जिल्ला सदरमुकाम जोमसोमबाट ३२ किमी उत्तरमा पर्ने सो तालमा कमन मर्हुन र मलाट्स गरी दुई किसिमका हाँस देख्न सकिन्छ । हाँस स्नान गरेको दृश्यसँगै चराचुरुङ्गीको अध्ययन र अवलोकन गर्न तालमा पर्यटकको चहलपहल बढेको स्थानीयवासी विनोद नेपालीले जानकारी दिए ।

समुद्री सतहदेखि दुई हजार छ सय ८९ मिमा अवस्थित तालको दर्शन र अवलोकन गरे आफ्नो भित्री मनोकाङ्क्षासमेत पूरा हुने जनविश्वास छ ।

\'सदरमुकामदेखि टाढाको दूरीमा रहेको सो तालमा दैनिक पाँचदेखि १२ जनासम्म पर्यटक आउने गरेका छन्, यो धेरै राम्रो हो\', उनले भने, \'प्रचारप्रसार राम्रो भयो भने यसले अन्तर्राष्ट्रिय चर्चा पाउँछ ।\' ताल उच्च स्थानमा रहेकाले दुर्लभ हाँसको बासस्थान भएको नेपालीको तर्क छ ।

केही समय पहिलासम्म सुनसान सो तालमा अहिले पर्यटकको चहलपहल बढ्दै गएपछि स्थानीयवासीले त्यसलाई संरक्षण र सम्वद्र्धन गर्ने अभियान सुरु गरेका छन् । ताल वरपर फोहरमैला थुप्रिने र भासिने खतरासमेत बढेपछि उनीहरुले नियमित सरसफाइ र तटबन्ध निर्माण गर्न थालेका छन् ।

\'यो तालको महत्व हामीले बल्ल बुझ्दै गएका छौँ, यसले हाम्रो आर्थिक विकासमा ठूलो मद्दत पुर्याउन सक्छ\', नेपालीले भने, \'थप पर्यटकलाई लैजानका लागि हामीले जिविस र अन्य पर्यटन एजेन्सीसँग कुराकानी गरिरहेका छौँ ।\' मङ्सिरदेखि माघ महिनासम्म हिउँ पर्ने भएकाले तालमा अवलोकन गर्न नसकिने स्थानीयवासीले बताएका छन् । जिल्लामा आउने पर्यटकलाई चराचुरुङ्गीको अध्ययन र अवलोकनका लागि त्यसतर्फ पठाउन थालिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending