Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

चिया बेच्ने युवाले बनाए हेलिकोप्टर

रूकुम, १६ फागुन । रुकुम महोत्सवमा हेलिकोप्टर हेर्नेको भीड छ । रातो र सेतो रङले सिँगारिएको हेलिकोप्टर उड्ने तयारीमा छ जस्तै लाग्छ । पुच्छरमा नेपालको राष्ट्रिय झन्डा, पिठ्युमा ठूलो र पुच्छरमा सानो पंखा पनि छ, तलपट्टि स्ट्यान्ड । झ्याल–ढोका पनि छन् । वेला–वेला पंखा घुमाइन्छ । तर, उडाइएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ रुकुम महोत्सवमा यो हेलिकोप्टर दर्शकको आकर्षणको केन्द्र बनेको छ । यसलाई मुसिकोट–५ सोलावाङका ३३ वर्षीय चियापसले मञ्जित विकले बनाएका हुन् । सानैदेखि प्राविधिक विषयमा रुचि भएकाले हेलिकोप्टर बनाएको उनले बताए । ‘सानैदेखिको रहर थियो कि आकाशमा उडेको देखिने हेलिकोप्टर बनाऊँ,’ उनले भने, ‘आज आएर मेरो सपनाले साकार रूप लिएको छ, यसले ममा अझै ऊर्जा थपेको छ ।’ घरको पारिवारिक अवस्था कमजोर भएका कारण आफूले कक्षा ८ सम्म मात्र पढेको उनले बताए । उनले लामो समय भारतमा ज्यालामजदुरी गरेर बिताए । ८ कक्षा पढ्दापढ्दै भारत पुगे पनि आफूमा रहेको हेलिकोप्टर बनाउने रहर भने कम नभएको उनको भनाइ छ । आफूले यससम्बन्धी कुनै पनि विषय नपढेको तथा कुनै तालिमसमेत नलिएको उनले बताए । राज्यले सिकोस् राज्यले देशमै काम गर्ने वातावरणको अवस्था सिर्जना गर्नुपर्ने मञ्जितले सुझाब दिए । ‘आज युवाहरू दैनिक बिदेसिने क्रम बढ्दो छ, त्यसको एक उदाहरण म पनि हुँ,’ उनले भने, ‘अब राज्यले सोचेन भने देशलाई नै घाटा हुन्छ, नपढी तथा कुनै पनि तालिम नलिई मैले यति गर्न सकेँ भने व्यावहारिक शिक्षा दिने हो भने धेरै गर्न सकिन्छ ।’ हेलिकोप्टर उड्ने दाबी आफूले बनाएको हेलिकोप्टर उड्ने मञ्जित विकले दाबी गरे । ‘यो हेलिकोप्टरको स्वरूपजस्तो मात्र बनाएको होइन, यसमा पाटपुर्जा पनि जडान गरिएको छ, थोरै उचाइसम्म उडाउन सकिन्छ,’ उनले भने । तर, महोत्सवमा हेलिकोप्टर भने उडाइएन । हेलिकोप्टर निर्माणका लागि फलाम, आल्मुनियम पाता, मोटरसाइकलको इन्जिन, प्लाइउड, तारलगायतका सामग्रीको प्रयोग गरिएको छ । यसको तौल करिब ८० केजी रहेको मञ्जितले बताए । उनका अनुसार यसलाई पेट्रोल प्रयोग गरेर चलाउने गरिएको छ । हेलिकोप्टर निर्माणमा एक लाख ८५ हजार खर्च लागेको उनले बताए । विकका अनुसार हेलिकोप्टर बनाउन सोलावाङकै व्यवसायी गोविन्द बुढाले आर्थिक सहयोग गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy