Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

प्रचण्ड कमरेड ! कसैले किन माया गरोस् !

Krishi bikash bank
केही समयअघि लेखक एवम् आदरणीय दाजु खगेन्द्र संग्रौला भन्नुहुन्थ्यो– ‘हेर भाइ, क्रान्तिको रथ अग्लो डिलबाट झरिसकेपछि बीचमा रोकिँदैन ।’ यो पंक्तिकारले थप जिज्ञासा राख्दा उहाँले थप्नुभयो ‘क्रान्तिका मानिसहरु थचारिएपछि तिनले उठ्ने तयारी गर्नु अनि शुभचिन्तकहरुले सुम्सुम्याउन र माया गर्न आफूलाई चनाखो राख्नुबाहेक अरु विकल्प बाँकी रहँदैन ।’ आजसम्म आइपुग्दा जनयुद्धबाट हुर्किएको एउटा अजंगको क्रान्ति अग्लो डिलबाट खसेको छ । त्यो खसाइको मापन र क्षतिका बारेमा लेखाजोखा हुँदैजाला । तर, यसका नेतृत्वकर्ताहरुले बेलैमा उठ्ने तयारी गरेनन् भने क्रान्तिको एउटा अध्याय सिद्धिन्छ । यसो हुँदा पहिलेको अध्याय मात्रै सकिँदैन, परिवर्तनका मुद्धाहरु पनि फेरि उठ्लान् । गतिशील समाज–विज्ञानले अर्को क्रान्ति गर्ला । अरु नेतृत्वकर्ता जन्मेलान् । तर, यो खसेको क्रान्तिका बाहकहरुका नाम कसरी लेखिएलान् ? क्रान्ति उठानका लागि पोखिएको रगतको मूल्य कुन ‘भाऊ’ को होला ? एउटा दशक, जो क्रान्ति बनेर जाग्यो र त्यस दशकका ती योद्धाहरुमाथिको बर्बरता कुन दशाको होला ? ती योद्धाहरुको हविगतबाट तर्संने उनका शाखासन्तानले यो क्रान्तिलाई कसरी बुझ्लान् ? सारमा यो क्रान्तिको रथका सारथी माओवादी जनयुद्धका नेतृत्वकर्ता प्रचण्ड हुन् । थचारिने या खसिरहेका उनै हुन् । अरु पनि छन् । उनका सहयात्री–समकक्षी । र, क्रान्तिनायकको आदर्शमा उनका पछि लाग्ने लाखौं मान्छेहरु छन् । प्रचण्ड घुमाउरो भाषामा क्रान्तिको रथ खस्दै गरेको कुरा स्वीकार्छन् । लाग्छ– खस्दै गरेको क्रान्तिको रथलाई बीचमा कतै रोक्न खोजिरहेछन् । यहाँ रथ खस्नुमा उनकै मुख्य भूमिका छ, जसरी क्रान्तिको रथलाई त्यो उचाइमा उनैले पुर्याए । हो, यहींनेर मध्यभीरका प्रचण्डलाई धारेहात लाएर सराप्नेहरु डिलमा नाचगान गरिबसेका छन् । प्रचण्ड भीरका बुट्यान समातेर रथ थेगिने आशामा छन् । उनका अनुयायीहरु उनलाई थेगिन हौस्याइरहेका पनि छन् । सन्दर्भ क्रान्तिको रथको हो । त्यो एक दशकभर बगेको रगतको आदर्श पनि हो । त्यसको मेसो संविधानसभा र जनयुद्धले स्थापित गरेका एजेन्डाहरुसँग जोडिन्छ । भलै, यी एजेन्डा कति क्रान्तिकारी होलान् ? तर, यी प्रगतिशील र परिवर्तनकारी एजेन्डा हुन् । यी एजेन्डा आज धरापमा छन् । यिनका नाम पनि सुन्न नचाहने पुराना ‘दा’ र ‘बा’ हरु फेरि खटनपटन गर्ने धन्सारे भएका छन् । तिनले यी एजेन्डाहरुको बदख्वाइँ उहीबेला गरेका थिए–जतिबेला उठ्यो । जनताको करकापमा उतिबेला स्वीकारेका यिनले उनै जनतालाई भोट मागे र अचम्मसँग जिते । उनले जितेको दिनबाट क्रान्तिको रथ छेउ लाग्यो र खस्यो । अब जनयुद्धले स्थापित गरेका एजेन्डाहरुलाई संस्थागत गर्न यही प्रक्रिया या विधिबाट सम्भव छैन । उनको हातमा बहुमतको तरबार छ। त्यो तरबारसँग प्रतिरोध गर्ने सामथ्र्य भनेको जनता हो । जनता क्रान्तिको रथ खसेको शोकमा छन् । शोकाकूल जनतासम्म जाने र शक्तिमा बदल्ने अभियान चलाउनुबाहेक रथका सारथीसँग अर्को विकल्प छँदै छैन । तर, यदाकदा हामीजस्ता सहयात्रीहरु अचम्ममा पर्छौं । जब प्रचण्ड बीचैमा रथ रोक्ने अनेकौं असफल कोशिस गर्छन्। उनका प्रयासहरुसँग असहमत होइएला । तर, अब नियतमा प्रश्न उठ्न सक्छ । नपछारिउन्जेल प्रयत्न गरिरहने र पछारिँदा हाडखोर बाँकी नरहने अवस्थाप्रति प्रचण्डपन देखाउन सक्दा मात्रै फेरि उठ्ने र नयाँ ढंगले उचाई लिने सम्भवना अझै पनि बाँकी नै छ । क्रान्ति या परिवर्तन दयामायाको कुरा होइन । हिजो परिवर्तनका एजेन्डा स्थापित गर्दैगर्दा क्रान्तिका सारथीहरुले कसैलाई दयामाया राखे या राखेनन् भन्ने कुराको अहिले हिसाब हुँदैन । ख्याल के गर्नुपर्छ भने यिनै प्रचण्ड हुन्– जसले गरेको क्रान्तिको जगमा राजतन्त्रको इहलीला समाप्त भयो । पहिलोपटक सिंहदरबारमा कांग्रेसी ‘काजी’ हरु र एमालेका ‘सर’ हरुले उनकै घरका भान्छेहरुलाई हात जोड्ने दिन आयो । ती उनका कामदारहरु विद्यालय या गाउँका सार्वजनिक कार्यक्रमहरुमा उँचो ठाउँमा बसे । पिँढीमा भात फ्याँकेर दिँदा हात जोडेर खाने ‘अछुत’ हरु जब सिंहदरबारमा पुगे– ‘काजी’ र ‘सर’ हरुलाई चौपट उतिबेलै पर्‍याे । त्यो हिसाब कांग्रेस–एमालेले राम्रैसँग राखेका छन् । ती सब गर्ने प्रचण्ड नै हुन् भन्ने कुरा भुलेका छैनन् । एकपटक कांग्रेसका एक नेताले भनेथे रे– ‘अरु सहिएला राजनीतिमा तर पल्लो टोलको ‘डांग्रो’ (विश्वकर्मा) लाई नमस्ते कसरी गर्नु !’ उनको यो पीडा कम दर्दनाक होइन । उनका खानदानी खलक,  बाऊ–पूर्खाको बिँडोमाथिको प्रचण्ड–प्रहार थियो । ती मिले । मिलेर प्रचण्डसँग बदला लिए । ती मिलेकामा अन्यथा नठानौं । तिनले बदला लिन्थे–त्यो पनि अचम्म होइन । बदला लिन्छन् भनेर किन हेक्का नराखेको भनेर प्रश्न गरिरहनु पनि मध्यभीरका प्रचण्डलाई जिस्क्याउनु हो । यति भइसकेपछि अब कसैले किन प्रचण्डमाथि दया देखाओस् ! किन प्रचण्डलाई माया गरोस् ? प्रचण्डलाई माया गर्ने जनता हुन् । जनतालाई अहिले प्रचण्ड आफ्ना हुनजस्तो पनि लाग्छ; होइननजस्तो पनि लाग्छ । यो भ्रम प्रचण्डकै कारण मात्रै उत्पन्न भएको होइन । यसरी जनतालाई भ्रमित पार्नुमा खाईपाई आएका ठालुहरुको भूमिका छ । प्रचण्ड आफैंको पनि छ । कांग्रेस–एमाले प्रचण्डजति दयावान् वा उदार छैनन् । उनको यो शासकीय चरित्र नै हो । शासकीय चरित्रमा उदारता या दया हुँदैन । अब निस्कर्षमा जाऊँः माथि भनिएजस्तै जनता शोकमा छन् । उनको शोकलाई शक्तिमा बदल्न माओवादी आन्दोलनले ठूलो त्याग, समपर्ण र बलिदानको कोटा चुक्ता गर्नुपर्छ । सारमा संविधानसभा र जनयुद्धका एजेन्डा ‘बहुमत’ को अपहरणमा परेको छ । अपहरित एजेन्डा रोइकराई गरेर या पार्टीनिष्ठ नेता–कार्यकर्ता सडकमा उफारेर मात्रै फिर्ता हुँदैन । उल्टो खिसिट्युरीको अपमान व्यहोर्नुपर्छ । यो माओवादीले व्यहोरिरहेको छ । चटक्कै संविधानसभा छोड्नुपर्छ । छोडें या बसें भन्नु पनि जरुरी छैन । अहिले हातेमालो गरिरहेका रंगीबिरंगी सहयात्रीहरुभन्दा उनका मूलका मानिसहरुसँग संगत गर्नुपर्छ । आफ्नाहरु कति हिँड्लान् आफूसँग– यो पनि धेरै नसोचे हुन्छ । ‘हात्ती’ पार्टीभन्दा ‘खरायो’ पार्टी ठीक हुने देखियो । राम्राहरु आउँछन् । विप्लव उफ्रँदै आउँछन्, किरण’बा खोक्दै आउँछन् । मणिदाइ गाउँदै र मात्रिका ताल मिलाउँदै आउँछन् । हिजो, ‘पार्टीको जय होस्’ भन्दै मुग्लान् पसेका ती जनसेना फर्कन्छन् । केही थान कान समातेर शोकाकूल जनताको आँगनमा पुगेपछि पिठ फर्काउलान् । तर, नबस भन्दैनन् । तिनलाई हिजोजस्तै धुरुधुरु कुरा बुझाउनुपर्छ । आफ्ना एजेण्डा खुलस्त राखेपछि पक्कै बुझ्छन् । खासमा ती हुन् प्रचण्डका मान्छे । यता काठमाडौंका ‘काजी’ र ‘सर’ हरुले उनका खुश गरुन् । उनले भनेजस्तै संविधान लेखून् । चलोस्, उनको राज्य । तिमीले जनता फर्काएर ल्याएको दिन सब ठीक हुन्छ । फेरि गल्ती नगर्ने बाहेक सब कुरा आफ्ना हुन्छन् ।

aplly description here...

संकल्प गरौ, संकटलाई अवसरमा बदलौं !

सोमबार एकै समस्याका तिन तथ्यहरु बाहिर आए । एक –भारत बाहेक अन्य देशहरुबाट २ लाख १० हजार ८७१ जना नेपालीहरु स्वदेश फर्कन चाहन्छन् । दुई –युएईले नेपाल फर...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी !

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

श्रीमान, म गणतन्त्रका लागि लडेवापत जेल जान्न, आगे हजुरको मर्जी…

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या ...

सत्ता एडिक्ट एमालेसँग केही सवाल

केही हप्ताअघि एमाले निकट अखिलका एकजना केन्द्रीय नेताले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको टाउको काटेर सडकमा फुटबल खेल्छौं भने...

चुनौतिको चुचुरोमा प्रचण्ड

प्रचण्ड, प्रचण्ड हुन् । प्रचण्ड, प्रचण्ड भइरहन्छन् । मानिसहरु कि प्रचण्डलाई गाली गरिरहेका भेटिन्छन् कि उनको प्रशंसा गरिरहेका । झण्डै १५ वर्षयता प्रचण्...

ओली सरकारबाट माओवादी बाहिरिनुका १२ कारण

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

यी १२ कारण ओली सरकारको विकल्प खोज्नुपर्छ

नेकपा माओवादी केन्द्रले बहुमतीय सरकारको विकल्पमा राष्ट्रिय सरकारको प्रस्ताव ल्याएपछि र सरकारबाट समर्थन फिर्ता लिएपछि चौतर्फी यसबारे चर्चापरिचर्चा सुरु...

ओली राष्ट्रवाद र मुकुन्दे गफ

महाकाली सन्धि राष्ट्रघाती हो कि राष्ट्रवादी ? त्यसबाट नेपालले के पायो ? कति लाभ लियो र गुमायो ? यो फेरि चर्चा गरिरहनुपर्ने विषय होइन । सन्धि राष्ट्रघा...

कति छ विप्लव माओवादीको फौजी सामर्थ्य ?

नवगठित नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनअधिकारको रक्षाका लागि आफूले हतियार उठाउने चेतावनी दिइरहेका छन् । केही वर्षअघि एकीकृत ...

बौलाही छापामार !

पुलिस चौकी रेडका घाइते योद्धाहरु हुनुहुन्थ्यो । हामी एउटा गाउँको सिरानमा थियौं । म उपचारमा खटेकी थिएँ, बिस्तारै उहाँहरुको घाउ निको हुँदै थियो । कमरेड ...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page