Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

एम्बुलेन्स निर्देशिका लागू हुँदै

\"\"काठमाडौँ, २५ फागुन । स्वास्थ्य मन्त्रालयले नियमन तथा नियन्त्रण गर्ने निर्देशिका नहुँदा एम्बुलेन्सको आयातदेखि सञ्चालनसम्म मनपरी भएको भन्दै ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ ल्याउन लागेको छ । मन्त्रिपरिषद् लगिएको निर्देशिका पारित भएपछि कार्यान्वयनमा आउने छ । नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्याङ्क नभएकाले निर्देशिका ल्याई चालु आर्थिक वर्षमा अहिले सञ्चालन रहेका सबै एम्बुलेन्स दर्ता गरिसक्नुपर्ने व्यवस्था गरेको छ । “मन्त्रालयले सरकारी, अर्धसरकारी, गैरसरकारी सङ्घसङ्गठन एवम् निजी क्षेत्रबाट सञ्चालित एम्बुलेन्स सेवामा जनताको पहुँच बढाई सेवामा गुणस्तर वृद्धि गरी एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका–२०७३ ल्याइएको हो”, स्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले भने । निर्देशिकामा एम्बुलेन्सको पहिचान हुनेगरी आवाज र नीलो रङको सङ्केत बत्ती जडान गरिएको हुनुपर्ने, एम्बुलेन्समा फोर ह्विल ड्राइभ, सस्पेन्सन, को–चेन सिस्टम हुनुपर्ने, शब्द र सम्पर्क फोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘एम्बुलेन्सलाइ ‘क’, ‘ख’ र ‘ग’ गरी तीन वर्गमा छुट्याइएको छ । एम्बुलेन्सले कुन वर्गको हो स्पष्ट उल्लेख गर्नुपर्ने निर्देशिकाले व्यवस्था गरेको छ । एम्बुलेन्स एकहजार सिसीभन्दा बढी क्षमताको हुनुपर्ने र चालकको पछाडि कुनै सिट राख्न नपाइने तथा मापदण्ड विपरीत निर्देशिका उल्लङ्घन गरी चलाइएको पाइएमा जफत गरिने निर्देशिकामा उल्लेख छ । त्यसैगरी, सरकारबाट राजस्व छुट सुविधामा प्राप्त एम्बुलेन्सले ‘नेपाल सरकारबाट राजस्व छुट प्राप्त एम्बुलेन्स’ भनी प्रस्ट देखिने गरी लेखेको हुनुपर्ने पनि निर्देशिकामा उल्लेख छ । निर्देशिकाले एम्बुलेन्सको चिह्न, चालकको योग्यता, पालन गर्नुपर्ने आचारसंहिता र एम्बुलेन्सको प्रकार पनि छुट््याएको छ । निर्देशिकामा एम्बुलेन्समा रातो, हरियो र पहेँलो रङको सम्मिश्रण हुनुपर्नेछ । ‘क’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग रातो रङ हुनुपर्छ भनिएको छ । त्यसबाहेक दायाँ–बायाँ भाग हरियो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ‘ख’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग पहेँलो रङ हुनेछ । त्यसबाहेक देखिने भाग हरियो र रातो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । ग’ वर्गको एम्बुलेन्समा बाहिर देखिने भागको कम्तीमा दुई तिहाइ भाग हरियो हुनेछ । त्यसबाहेक देखिने भाग रातो र पहेँलो रङको ब्याटन वर्ग शैली वा चेसबोर्ड शैलीमा हुनेछ । एम्बुलेन्सको अगाडि–पछाडि टाढैबाट देखिने गरी ठूलाठूला अक्षरमा एम्बुलेन्स लेख्नुपर्नेछ । एम्बुलेन्समा साइरन, इमर्जेन्सी बत्ती, स्ट्रेचरका साथै वर्गअनुसार आवश्यक औजार राखेको हुनुपर्नेछ । एम्बुलेन्सलाई बिरामी ओसारपसारबाहेक अन्य प्रायोजनमा प्रयोग गर्न पाइने छैन । एम्बुलेन्स नेपाल सरकारको सवारी प्रदूषण मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्नेछ । एम्बलुेन्स नीलो रङको कम्तीमा ३० से मी लम्बाइको ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न हनुपर्ने र यस्तो चिह्न दायाँ–बायाँ र पछाडि तीनतर्फ हुनुपर्ने, यसबाहेक सम्बन्धित संस्थाको चिह्न राख्न सकिने पनि उल्लेख छ । अन्य वाहनमा ‘स्टार अफ लाइफ’ सङ्केत चिह्न राख्न नपाइने निर्देशिकामा उल्लेख छ । हाल सेवा दिइरहेका वाहनको हकमा भने निर्देशिका जारी भएको आर्थिक वर्षभित्र सेवा अनुमति लिनुपर्नेछ । यसरी अनुमति लिएको एम्बुलेन्सले सेवाग्राही बिरामीको अभिलेख राखी प्रत्येक चौमासिक सकिएको ३० दिनभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत चौमासिक प्रतिवेदन पेस गर्नुपर्नेछ । त्यसैगरी चालक प्रमाणपत्र तह पास भएको, पाँच वर्षको सवारी चालकको अनुभव प्राप्त गरेको, २५ वर्ष पूरा भएको र प्राथमिक उपचार तालिम प्राप्त गरेको हुनुपर्ने पनि निर्देशिकाले व्यवस्था गरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies