Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मधेसीको बन्द अवज्ञा गर्दै हेटौंडा पुग्यो एमाले अभियान

\"\" हेटौंडा, २७ फागुन । सप्तरीको राजविराज घटनापछि मेची महाकाली अभियान स्थागित गरेर काठमाडौं फर्किएको एमालेले शुक्रबारदेखि पुनः अभियान थालेको छ । सप्तरी घटनाकैविरुद्धमा मधेसी मोर्चाले गरेके नेपाल बन्दकै दिन एमालेले हेटौडाबाट आफ्नो अभियान थालेको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनल गरेको नेपाल बन्दकै दिन बन्दको अवज्ञा गर्दै लावालस्करसहित गाडी चलाएर एमालेले हेटौडामा अभियान सञ्चालन गरेको थियो । मोर्चाको बन्दकै दिन हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी उच्च माविको खेल मैदानमा एमालेले सभा आयोजना गरेको थियो । सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको निम्ति एमालेले ज्यान दिन तयार रहेको बताए । ओलीले मधेसी मोर्चाको मात्र नभइ नेपाल सरकार र भारतविरुद्ध पनि कटाक्ष गरे । कञ्चनपुरमा भएको घटनातर्फ इंगित गर्दै ओलीले छिमेकीलाई अहंकार नदेखाउनसमेत चेतावनी दिए । ‘छिमेकीहरुले मित्रवत व्यवहार गर्नुपर्छ, अहंकार देखाउन हुँदैन ।’–ओलीले भने । कञ्चनपुरमा विहीबार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको थियो । भारतको सुरक्षाकर्मीले नेपालभित्र पसेर नागरिकको हत्या गर्दा पनि सरकार मुकदर्शक भएर बसेको ओलीले आरोप लगाए । उनले नागरिकको सुरक्षा गर्न नसकेको वर्तमान प्रचण्ड नतृत्वको सरकारलाई लाछी सरकारको संज्ञा दिए । ओलीले राजविराज घटना मधेसी दलहरु र सरकारलाई समेत महंगो पर्ने चेतावनी दिए । एमालेका नेता कार्यकर्ताहरुलाई सरकारले सुरक्षा दिन नसके आफै सुरक्षा गर्न सम्भव रहने उनले उल्लेख गरे । एमाले लुते र डरछेरुवाहरुको पार्टी नभएको ओलीको भनाइ थियो । ओलीले आफूहरुमाथि फेरि पनि आक्रमण गर्न आए प्रतिकार गर्नेसमेत चेतावनी दिए । एमालेका नेता र कार्यकर्ताहरुलाई राजविराजमा सुरक्षा प्रदान गरेकै कारण सरकारले प्रजिअ र प्रहरी प्रमुखहरुलाई तत्कालै राजधानी बोलाउनु सरकारको षड्यन्त्र भएको आशंका गरे । प्रदेश २ मा उपयुक्त समयमा अभियान लैजाने एमाले अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा उपयुक्त समयमा अभियान सञ्चालन गर्ने बताए । आफूहरुले द्वन्द्वको खेती गर्न नचाहेकै कारण राजविराजको घटनापछि अभियान स्थगित गरेर हेटौडाबाट शुरु गरिएको उनले स्पष्ट गरे । ओलीले मधेसी नेताहरुलाई ब्यङग्य गर्दै संसदको भत्ता खाएर लोकतन्त्र विराधी काम गरेको उल्लेख गरे । कार्यक्रममा महासचिव ईश्वर पोखरेल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, नेताहरु सुरेन्द्र पाण्डे, अमृत बोहरा, मुकुन्द न्यौपानेलगायतका उपस्थिति रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: