चैत्र २७ गते, २०७१ बिहिवार 9th April, 2015 Thu११:३०:२२ मा प्रकाशित
काठमाडौं, मुलुकका विभिन्न स्थानमा मशाल जुलुस गर्नेहरुमाथि गृहमन्त्री बामदेव गौतमले प्रहरीलाई दमन गर्न निर्देशन दिए तर तीनै बामदेव कुनै समय यसरी नै मशाल जुलुसको नेतृत्व गरेर हिँडी रहेको फोटो अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भेटिन्छ ।
मशाल जुलस गर्नेहरु प्रति असहिष्णु देखिएका गौतमले के आफुलाई तत्कालिन समयको फोटोमा चिन्लान ? अहिले यही कुरा फेसबुक तथा ट्वीटरमा भाइरल भैरहेको छ ।
वामदेव गृहमन्त्री भएलगत्तै राज्यको विरोधमा उत्रनेहरु कसैलाई पनि नछोड्न निर्देशन दिई रहँदा उनै बामदेव गाैतम कुनै समयमा राज्यको शासनतन्त्रको विरुद्धमा मशाल जुलुसको नेतृत्व गर्दै हिँडी रहेका थिए ।
मशाल जुलुस गर्नु अपराध हो भन्ने गौतमले कारवाहीको प्रक्रिया आफैबाट शुरु गर्नुपर्ने हो कि ? अहिले यही प्रश्न विभिन्न क्षेत्रका मानिसहरुले उठाई रहेका छन् ।
गृहमन्त्री गौतम कुनै समयका आन्दोलनकारी हुन् भन्ने कुरा, भनी रहनु पर्दैन तर उनी गृहमन्त्री भएलगत्तै किन आक्रमकरुपमा आन्दोलनकारीको विपक्षमा उभिएका होलान ? यो भने सोचनिय विषय हो ।
गृहमन्त्रीको आदेशमा राजधानी सहित भोजपुर, बारा तथा रौतहटमा मसाल जुलुस निकाल्नेहरुमाथि प्रहरीले निर्मम दमन गर्यो। दमनको शिकार मसाल जुलुस गर्नेहरु मात्र होइनन् कि सर्वसाधारण जनता र पत्रकार समेत भए ।
एमालेका नेता गौतमले आफ्नो राजनीति बामपन्थी आन्दोलनबाट सुरु गरे र जहिले पनि आफुलाई संस्थापन पक्षको विपक्षमा विद्रोही नेताको रुपमा उभ्याई रहे ।
उनले नेतृत्व गरेको मालेमा पनि विद्रोही शक्तिको नेतृत्व उनी आफैले गरे । उनको नेतृत्वमा कयौं मशाल जुलुसहरु राजधानी सहित मुलुकका विभिन्न स्थानहरुमा निकालिए । तर, आज उनै विद्रोही स्वभावका गौतम ‘विद्रोह’का नामले डराउने गरेको उनलाई नजिकदेखि चिन्नेहरु बताउँछन् ।
अझै पनि राजधानीका ती सडकहरु साँची छन् जहाँ उनका पाइलाहरुले विद्रोहीको छविमा मशाल जुलुसको नेतृत्व गरे । तर, तीनै गौतम गृहमन्त्री भएलगत्तै आफ्नो पुरानो छवि भुलेर नयाँ शासकको अभ्यास गरी रहँदा के उनले आफ्नो पुरानो छवि भएको फोटो चिन्लान ?
त्यसैले होला शायद एक जनाले सामाजिक सञ्चालमा यही फोटो प्रकाशित गर्दै लेखे– ‘गृहमन्त्री ज्यू यो मशाल बाल्ने को हो ?’
यति मात्र होइन् कुनै समय शासनतन्त्रको पुरानो रवैयाको विरोध गर्नेहरु अहिले राज्यको महत्वपूर्ण ठाँउमा छन् । जस्तै प्रधानमन्त्री सुशील कोइराला । उनी पनि कुनै समय प्रहरीको निर्मम दमनमा परेका थिए ।
तर प्रधानमन्त्री भएपछि उनले पनि ती पुराना दिनहरु विर्सेको प्रसंग सामाजिक सञ्जालहरुमा चलि रहेको छ । प्रधानमन्त्री भएका कोइरालालाई प्रहरीले दमन गर्दै गरेको यो फोटो राजधानीको प्रदर्शनी मार्गको हो । जहाँ उनले प्रतिगमनको विरोधमा आन्दोलन गरी रहँदा उनलाई प्रहरीले लाठी बर्साएको थियो ।
‘नेताहरुले आफ्नो विगत भुलेर नयाँ शासक नबनुँन्, जनताको खबरदारी आवश्यक छ ।’– एक जनाले आफ्नो ट्वीटरमा ट्वीट गरे । शायद उनले भनेको ठिक थियो । आफ्नो विगत कसैले विर्सनु हुँदैन् ।
फाेटाेः सामाजिक सञ्जालबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: