गौशाला, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाको भण्डारमा कालाजार र मलेरियाका किटाणु मार्न प्रयोग गरिने म्याद गु्रजेको विषादी भेटिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कालाजारबाट अति प्रभावित जलेश्वर नगरपालि र ६८ गाविसका लागि ६० भन्दा बढी अल्फामेथाथ्रिन नामक विषादीको ड्रम जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीमा पठाइएकामा जिल्ला स्वास्थ्य कार्यालयले नगरपालिकाभित्र छर्किनका लागि पठाइएको १५ बढी ड्रम विषादी म्याद गुज्रिएको अवस्थामा फेला परेको हो । कालाजार र मलेरियाको क्युलेक्स नामक लामखुट्टे र किटाणु मार्न प्रयोग गरिने रुबी एसडब्लुपी ब्रान्डको अल्फासी प्रमिथारिन विषादी स्वास्थ्य कार्यालयले म्याद गु्रज्रिएकै अवस्थामा पठाएको नगरपालिकाले आरोप लगाएको छ भने स्वास्थ्य कार्यालयले म्याद छँदै नगरपालिकालाई जिम्मा दिएको जिकिर गरेको छ । नगरपालिकाको गोदामभित्र फेला परेको ती विषादीको उत्पादन मिति विसं २०६७ भदौतिर र म्याद २०६९ साउनतिरसम्म मात्र उल्लेख छ । दुवै कार्यालयले एकार्कामाथि दोषारोपण गरे पनि स्वास्थ्य कार्यालय नगरपालिका दुवैको लापर्बाहीले विषादीको म्याद गु्रजेको र नगर क्षेत्रमा औषधि छर्कन नसकिएको नगरवासीले आरोप लगाएका छन् ।
प्रतिकृया लेख्नुहोस्: