चितवन, आफ्ना कार्यकर्तालाई दुःख पर्दा सहयोग गर्ने उद्देश्यले नेपाली काँग्रेस चितवनले दिनको रु एकका दरले रकम सङ्कलन गर्ने गरी अक्षयकोष खडा गरेको छ ।
जिल्ला सभापति पदेन अध्यक्ष हुने गरी स्थापित नेपाली काँग्रेस कार्यकर्ता राहत कोषमा संस्थापक सदस्य बन्नेले रु १० हजार तथा साधारण सदस्यले दिनको रु एकका दरले वार्षिक रु ३६५ जम्मा गर्ने कोषका सचिव शालिग्राम शर्माले बताए । गत फागुन ७ गतेदेखि सुरु गरिएको कोषमा रकम जम्मा गर्ने क्रम जारी छ । कैलाश विकास बैंकमा खोलिएको खातामा रु चार लाख नाघिसकेको बताइएको छ । पहिलो वर्ष रु २० लाख र पाँच वर्ष भित्र रु एक करोड पु¥याएर त्यसको ब्याजबाट कार्यकर्तालाई दैवीप्रकोप, गम्भीर विपत्ति, दुर्घटना लगायतमा सहयोग गरिने कोषका अध्यक्ष टेकप्रसाद गुरुङले बताए ।
प्रतिकृया लेख्नुहोस्: