Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

चुनाव भन्दा ‘खाना कै चिन्ता’

\"\"चितवन, ४ चैत । चितवनको विकट गाउँका चेपाङलाई अहिले खाने अन्नकै समस्या छ । यो मौसम खोरिया फाँडेर मकै लगाउने बेला हो । तर राम्ररी पानी नपरेकाले उनीहरु मकै लगाउन पाएका छैनन् । लगाएको मकै कोदो सबै खाएर सकिइसक्यो । अहिले मेलापात गरेर उनीहरुले जीविका चलाउँदै आएका छन् । साविक सिद्धि गाविसकी ताराकुमारी चेपाङ साहुबाट दुई, चारपाथी अन्न सापटीमा लिएर खाइरहेकी छिन् । चितवनका सहरबजारमा चुनावी सरगर्मी बढिरहेका बेला यो चेपाङ गाउँमा भने खाना कै चिन्ता छ । स्थानीयवासी लरिमायाँ चेपाङका ६ सन्तानमध्ये चार छोरी छिन् । उनको घरमा अहिले ५,६ डोको मकै छ । मकै उब्जन समय लाग्छ । बारीको पाटो सुख्खा छ । चुनाव आउन लागेको उनीहरु कसैलाई थाहा छैन । ‘कसैले भन्या पनि छैन, कहिले चुनाव हो रु’ लरिमायाँले भनिन् । ३९ वर्षका सूर्यचन्द्र चेपाङलाई पनि स्थानीय निकायको निर्वाचनको बारे पत्तो छैन । बजारमा चुनावी अभियान थालेपनि गाउँमा नेता कार्यकर्ता पुगेका छैनन् । ‘हामीलाई त वास्तै छैन सर, थाहै छैन, अब त्यही हो, ल चुनाव छ रे भोट हाल्नु प¥यो भनेपछि जाने हो’—सूर्यचन्द्रले भने । ‘त्यो भन्दा नी सर अनिकालले हिँड्नै सकिंदैन नी, निमेक गरेर खानुपर्छ’— उनले दुखेसो पोखे । चुनाव हुनुपर्छ भन्नेमा भने उनी दुई मत गर्दैनन् । ऐलानी जग्गा छ । मकै र कोदो फल्छ । तीनसाले खोरियामा अन्न उब्जाउँछन् । ४, ५ डोको भएको मकै सकिएपछि निमेक गरेर खाने उनले बताए । ‘अब पानी प¥यो भने मकै रोपिन्छ, यस्तै छ हाम्रो त सर’ —सूर्यचन्द्र भन्छन् । चितवनको विकट सिद्धि, कोराक, काउले, दारेचोक, चण्डिभञ्जाङ, कविलास, शक्तिखोर लोथरमा बढी चेपाङको बसोवास छ । यहाँका केही परिवार पछिल्लो समयमा आयआर्जनमा लागेपनि अधिकांशको अवस्था दयनीय छ । शिक्षा, स्वास्थ्य सम्बन्धी चेतना छैन । बालबालिका विद्यालय जाँदैनन् । खाना नहुँदा गिठा र भ्याकुर खोजेर खान्छन् । तीनसाले खोरिया फाँडेर जीविकोपार्जन गर्ने उनीहरु कतिपयको ६ महिना अनिकाल र ६ महिना सहकालमा दैनिकी चल्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: