Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

राजावादी खड्कालार्इ ढुकुटीको साँचो बुझाएपछि नयाँ शक्तिमा भाँडभैलो !

\"\"काठमाडौं, ४ चैत  । केहि समयअघि नयाँ शक्ति पार्टी नेपालबाट सचिवालय सदस्य मुमाराम खनालले हात धोए । त्यसको झड्का निको नहुँदै फेरि अर्का सचिवालय सदस्य रामेश्वर खनाल राजनीति गनर्न नसकिने भन्दै नयाँ शक्तिबाट विदावारी भए । साना दलहरुलाई हात लिएर ठूलो दल बनाउने सपना देखेका उक्त पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराई यी खनालद्धयका झड्का त लाग्यो नै तर फाइदा पनि उत्तिकै छन् । आखिर खनालद्धय किन छाडे नयाँ शक्ति त्यो रहष्यको विषय थियो । तर अहिले सबै पर्दाफास भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग मनमुटाव तीव्र भएपछि केही वर्ष थाईल्याण्डमा बसेका पूर्वयुवराज पारस शाहको सबै खर्चबर्च बेहोर्ने सुनिल खड्का थिए । पूर्वयुवराज पारस लागू औषध सेवनका कारण थाईल्याण्डमा जेल पर्दा र थाईल्याण्डमा बस्दा उनका सबै खर्च खड्काले नै तिरिदिन्थे । बाबुरामले अहिले पैसावाला खड्कालाई नयाँ शक्ति, नेपालको उत्पादन तथा आर्थिक व्यवस्थापन विभागको संयोजक बनाएका छन् । पैसावाला खड्कालाई आर्थिक विभागको संयोजक बनाएपछि नयाँ शक्तिमा विवाद उत्पन्न भएको थियो । रामेश्वरहरु त्यहिंदेखि बाबुरामसँग चिँडिएका थिए । कुनै बेला नामुद राजावादी रहेका खड्काको कुनै राजनीतिक हैसियत नभएपनि पार्टीका निम्ति चाहिएको बेलामा जतिपनि खर्च गर्नसक्ने हैसियतका कारण आर्थिक विभागको जिम्मेवारी दिएको स्रोतले खबरडबलीलाई बताए । बाबुरामले खड्कालाई आर्थिक जस्तो महत्वपूर्ण विभागको संयोजक बनाएपछि रामेश्वरहरु मात्रै होईन्, खिमलाल देवकोटा, निर्मल भट्टराईहरु पनि रुष्ट रहेको स्रोत बताउँछ । त्यसोत अर्का राजावादी देवीप्रसाद ओझालाई पनि बाबुरामले नयाँ शक्तिमा भित्र्याएका छन् । ओझालाई केन्द्रीय कार्यकारी समितिमा लगिएको छ । नयाँ शक्तिमा यसरी कठ्ठर राजावादीलाई भित्र्याउन थालेपछि पार्टीमा दुःख गरि शुरुदेखि रहेका निर्मलहरुले समानान्तर कमिटि गठन गर्ने निधोसमेत गरेका थिए । फागुन २६ गते काठमाडौंमा नयाँ शक्तिको समानान्तर कमिटि गठन गर्ने बताएका निर्मलहरु पार्टीभित्र फरक लाईन बनाएका छन् भने बाबुरामको छुट्टै लाइन् रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: