Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

क्रान्तिकारीको जुलुसमा पनि अब राष्ट्रिय झण्डा !

\"\" काठमाडौं, ४ चैत । केही समययता एमालेले पार्टीको कार्यक्रममा पनि राष्ट्रिय झण्डा प्रयोग गर्ने गरेको छ । आफूलाई राष्ट्रवादी देखाउने एमालेसहित उसका भातृ संगठनहरुले पनि पार्टी संगठनका कार्यक्रमहरुमा राष्ट्रिय झण्डा प्रयोग गर्न थालेका छन् । हुनत, एमाले अध्यक्ष केपी शर्मा ओलीको कथामा आधारित रातो सूर्य फिल्म सुटिङका लागि ओलीको पछिल्लो गतिविधि भइरहेको पनि खबर आए । फिल्म सुटिङकै लागि माइतीघर मण्डलामा ओलीलाई सबैभन्दा ठूलो झण्डा गाड्न लगाइयो । काठमाडौंमा विपक्षीको शक्ति प्रदर्शनदेखि पछिल्लो समय एमालेको मेची–महाकाली अभियानमा पनि एमालेले राष्ट्रिय झण्डाको प्रयोग गरेको देखियो । राजनीतिक दलका कार्यक्रममा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने भएपनि त्यसअघि पूर्वपञ्च भनेर चिनिएका राजावादीहरुको पार्टी राप्रपाले पार्टीका कार्यक्रममा राष्ट्रिय झण्डा बोक्ने गरेका थिए । राष्ट्रिय झण्डा बोकेपछि राष्ट्रवादी भइने भ्रमले गर्दा हुनसक्छ पछिल्लो समय एमालेले पार्टीको कार्यक्रममा कार्यकर्तालाई एक हातमा पार्टीको झण्डा अर्को हातमा राष्ट्रिय झण्डा भिराउने गरेको छ । \"\" संविधान जारी गर्नुअघि राष्ट्रिय झण्डा बदल्ने पनि बहस चल्यो । राष्ट्रिय झण्डा फेर्नुपर्ने प्रस्ताव माओवादीले नै अघि सारेको थियो । राष्ट्रिय झण्डा फेर्ने प्रस्तावमा जनजातिहरुले पनि साथ दिए । तर माओवादी कार्यकर्तामा राष्ट्रिय झण्डा प्रिय बन्न थालेको छ । शुक्रबार माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी केन्द्रीय समितिले आयोजना गरेको उज्यालो अभियान कार्यक्रममा माओवादी विद्यार्थीहरुले राष्ट्रिय झण्डा बोकेर प्रदर्शन गरेका थिए । एमाले कार्यकर्तालेजस्तै माओवादी कार्यकर्ताले पनि एक हातमा संगठनको झण्डा र अर्को हातमा राष्ट्रिय झण्डा बोकेका थिए । लोडसेडिङ मुक्त गर्न सफल भएको जस माओवादी सरकारलाई दिनुपर्ने भावका साथ निकालिएको र्यालीमा ब्यानरसँगै ठूलो राष्ट्रिय झण्डाको प्रयोग गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: