Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

निर्वाचन आयोगविरुद्ध राप्रपाले आन्दोलन गर्ने

\"\"काठमाडौं, ५ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगलाई राजतन्त्र सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र भन्ने शब्दावली विधानबाट हटाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । शनिबार राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा विहान बसेको पदाधिकारी तथा राजधानीमा रहेका केन्द्रीय सदस्यहरुको आकस्मिक बैठकले निर्णय तत्काल नसच्चिए आन्दोलनमा जानुको बिकल्प नभएको निष्कर्ष निकालेको हो । बैठकमा अधिकांश केन्द्रीय समिति सदस्यले निर्वाचन आयोगको निर्णय मान्य नसकिने भन्दै कानुनी उपचार खोज्नु पर्ने धारणा राखेका थिए । राप्रपा नेपाल र राप्रपाबीच भएको एकीकरण पछि गत फागुन पहिलो साता भएको पार्टीको महाधिवेशनले प्रजातन्त्रसहितको राजतन्त्र र हिन्दुराष्ट्र हुनु पर्ने विधान पारित गरेको थियो । शुक्रबार निर्वाचन आयोगले संविधानको मर्म विपरित भएको भन्दै राप्रपाको विधानमा रहेको राजसंस्था र हिन्दुराज्यसम्बन्धी शब्दावली हटाउँदै बाँकी विधान अनुमोदन गरेको थियो । आयोगको निर्णयमा असन्तुष्टि जनाएको राप्रपाले आगामी सोमबार राजधानीस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयसहित मुलुकभर रहेका जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । यस्तै सोही दिन राप्रपाले धर्ना दिने कार्यक्रम समेत तय गरेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । यस्तै राप्रपाले संवैधानिक हिन्दु राष्ट्र कायम गर्ने बिषयमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय समेत गरेको नेता श्रेष्ठले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: