Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

पाँच करोडको खानेपानी आयोजना सुरु

\"\"म्याग्दी, ५ चैत । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयले जनाएको छ । सरकारको रु चार करोड ४८ लाख र उपभोक्ताको रु एक करोड १२ लाख लगानीमा आयोजना निर्माण हुने सव डिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले बताए । उहाँका अनुसार आयोजनाको हालसम्म पूर्वाधार निर्माणको ५० प्रतिशत काम पूरा भएको छ । मुहानको संरचना, ७।२ किलोमिटर ट्रान्समिसन र २१।२७ किलोमिटर वितरण पाइपलाइन, बीस हजार र पचास हजार लिटर क्षमत्ताको दुई वटा रिजर्भ टङ््याकी निर्माण कार्य सकिएको इन्जिनियर केसीले बताए । मरुखोला, लेखानी खोला र दोभानको मुहानबाट चार इन्चको पाइप मार्फत प्रतिसेकेन्ड चार लिटरका दरले आपूर्ति हुने पानी चार वटा टङ््याकीबाट वितरण गरिने छ । ८५ वटा ‘भल्ब च्याम्बर’ निर्माण गरी सबै घरमा मिटरसहितको निजी धाराबाट खानेपानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष अमलाल फगामीले बताए । सार्वजनिक धाराको तुलनामा सजिलो, सुविधायुक्त, समयको बचत, पानीको मितव्ययी प्रयोग, आयोजनाको दिगो सञ्चालन, व्यवस्थापनमा सहजलगायतका फाइदाका कारण निजी धारा जडान गर्न लागेको अध्यक्ष फगामीले बताए । यस आर्थिक वर्षमा रु ६० लाख बजेट विनियोजन भएको यो आयोजनामा गत वर्षसहित हालसम्म रु ६९ लाख ९० हजार खर्च भइसकेको छ । उपभोक्ता समितिबाट निर्माणकार्य गर्ने भएकाले कम लागत र लक्ष्य अघिनै काम सकिने कार्यालयले जनाएको छ । पहिलो चरणमा एक सय ४३ घरमा यसैवर्ष खानेपानी सुविधा पु¥याउने लक्ष्य छ । भौतिक पूर्वाधारको काम लक्ष्य अनुसार तीव्रताका साथ भइरहेकाले थप बजेट माग गरिएको इन्जिनियर केसीले बताए । आगामी वर्ष योजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०४९ मा निर्माण भएको खानेपानी आयोजनाको संरचना र क्षमत्ताले माग धान्न नसक्नु, व्यवस्थापन र मर्मत सम्भार नहुँदा देवीस्थानमा खानेपानीको समस्या उत्पन्न भएको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: