Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

दाङमा साँस्कृतिक प्रतिरोध दिवस मनाइयो

\"\"दाङ, ५ चैत । जनसाँस्कृतिक महासंघ नेपाल दाङले शनिबार घोराहीमा साँस्कृतिक प्रतिरोध दिवस मनाएको छ । हरेक वर्ष चैत ५ गते मनाउँदै आएको सांस्कृतिक प्रतिरोध दिवस यस वर्ष पनि मनाइएको हो । दश वर्षे विद्रोहका क्रममा २०५५ चैत्र ५ गते काभ्रेको अनेकोटमा ७ जना र २०५६ सालमा रोल्पाको भावाङमा ११ जना कलाकारहरुलाई सामूहिकरुपमा हत्या गरिएको थियो । सामूहिक रुपमा मारिएका कलाकार तथा विभिन्न समयमा मारिएका कवि–लेखक र संस्कृतिकर्मीहरुको स्मृतिमा जनसाँस्कृतिक महासंघले साँस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ । यसैबीच महासंघ दाङका पूर्वअध्यक्ष रञ्जित बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) दाङका इन्चार्ज जीवन गौतमले जनयुद्धका क्रममा संस्कृतिकर्मीहरुको योगदान र बलिदानले नै अहिलेको उपलब्धि प्राप्त भएको बताए । ‘राजनीतिक परिवर्तन र समाज रुपान्तरणका लागि सांस्कृतिक परिवर्तन अनिवार्य सर्त हो, उनले भने, ‘दश वर्षे जनयुद्धमा संस्कृतिकर्मी र अझ विशेष गरी जनकलाकारहरुले निर्वाह गरेको भूमिका र बलिदान अतुलनीय छ ।’ जनयुद्धको सौन्दर्यशास्त्र र परिवर्तनका अभियन्ताहरुमै देखिएको जीवन व्यवहारमा निकै भिन्नता आएको भन्दै उहाँले कमीकमजोरीहरुलाई सच्याउँदै जनवादी संस्कृति र मूल्यमान्यतालाई आत्मसात नगरिकन आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न नसकिने बताए । कार्यक्रममा अखिल नेपाल लेखक संघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष यज्ञबहादुर डाँगीले कवि, लेखक र जनकलाकारहरुले सदैव सिर्जनाका माध्यमबाट साँस्कृतिक रुपान्तरणका लागि खबरदारी गरिरहनुपर्ने बताए । समयसँगै परिवर्तन गर्छौं भन्ने अभियन्ताहरु आफै बदलिने खतरा रहेको भन्दै डाँगीले उनीहरुलाई पनि खराबीहरुबाट जोगाउने दायित्व संस्कृतिकर्मीहरुको रहेको बताए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समिति सदस्य लेखराज रेग्मी, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय पार्षद रामप्रसाद जैशी र नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष डिल्ली मल्लले बोलेका थिए । सो अवसरमा कवि यज्ञबहादुर डाँगी, विप्लव बुढामगर, राधिका परियारलगायतले कविता तथा गीत सुनाएका थिए । जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय सदस्य प्रमोद धितालको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव श्रीधर भावुकले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: