Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

कुनै हालतमा निर्वाचन रोकिदैनः नायक

\"\" काठमाडौं, ८ चैत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले आगामी निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री नायकले निर्वाचनलाई सफल बनाउने असन्तुष्ट पक्षलाई निर्वाचनमा समेटेर अघि बढ्ने विषयमा सरकारले कसरत गरिरहेको समेत बताए । उनले नयाँ संविधानले निर्दिष्ट गरेको समयमै सबै काम गर्न कानुन मन्त्रालय र सरकार प्रतिबद्ध रहेको बताउँदै निर्वाचनमार्फत संविधानको कार्यान्वयन हुने कुरामा शंका नगर्न समेत आग्रह गरे । ‘जतिखेर जुन कामको आवश्यकता हुन्छ त्यसलाई पूरा गर्न सरकार प्रतिबद्ध छ, निर्वाचन कुनै पनि हालतमा रोकिँदैन र रोक्नुहुन्न, यसका लागि सरकार गृहकार्यमा लागेको छ’, उनले भने, ‘सबैलाई राष्टिय एकता र सहमतिमा कसरी ल्याउने भन्ने विषयमा कसरत भइरहेको छ ।’ उनले निर्वाचन आयोगलाई निर्वाचनसम्बन्धी विधेयक सरकारले समयमै आयोगलाई उपलब्ध गराएको बताउँदै राजनीतिक दलसम्बन्धी विधेयकको थेसहोल्डमा देखिएको विवाद केही दिनमै मिल्ने समेत बताए । थ्रेसहोल्डमा तीन प्रमुख दलबीच सहमति भइसकेको भए पनि अन्य साना दलको माग र चासोलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हाल छलफल चलिरहेको उनको भनाई थियो । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डिल्लीराज घिमिरेले कानुन मन्त्रालयमार्फत हालसम्म भएका गतिविधिको बारेमा जानकारी गराएका थिए । त्यसैगरी सचिव कमलशाली घिमिरेले निर्वाचन आयोगलाई कानुनको अभावकै कारण निर्वाचन गर्न समस्या पार्ने काम कानुन मन्त्रालयबाट हुन नदिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: