Khabar Dabali १९ माघ २०८२ आईतवार | 1st February, 2026 Sun
Investment bank

फ्यान्टाका १० हजार बोतलमा लेदो भेटियो

काठमाडौं, बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडले उत्पादन गर्दै आएको फ्यान्टाका झन्डै १० हजार बोतलमा मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य कालो लेदो पदार्थ भेटिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिहीबार गरेको अनुगमनका क्रममा डेढ लिटरका नौ हजार आठ सय ५२ वटा फ्यान्टाको बोतलमा अखाद्य पदार्थ भेटिएको हो। विभागका अनुसार दुई दिनअघि एक उपभोक्ताले पसलबाट खरिद गरेको डेढ लिटरको फ्यान्टाको बोतलभित्र पिँधमा कालो लेदो पदार्थ जमेको भेटेका हुन् । त्यसपछि उनले उक्त बोतलसहित विभागमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा विभागले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल बोलटर्स लिमिटेडको कारखानामा बिहीबार छड्के निरीक्षण गरेको थियो। अनुगमनमा खटिएका खाद्य निरीक्षक सुमन धितालका अनुसार कारखानाको गोदाममा सिलबन्दी गरेर बजारमा पठाउन तयारी अवस्थामा राखिएको डेढ लिटर फ्यान्टाको आठ सय २१ थान कार्टुन खोलेर हेर्दा कालो पदार्थ पाइएको थियो। एउटा कार्टुनमा १२ वटा बोतल हुन्छ। ‘परीक्षणका क्रममा ती सबै कार्टुनका फ्यान्टाको बोतलमा उजुरी गरिएको जस्तै अखाद्य कालो पदार्थ जमेको भेटियो’ धितालले भने, ‘कार्टुनमा रहेका कुनै पनि बोतल कालो पदार्थविहीन भेटिएन, आँखाले देख्ने गरी नै अखाद्य कालो पदार्थ जमेको थियो।’ विभागले ती सबै बोतल बजारमा नपठाउन र बिक्री नगर्न निर्देशनसहित सिलबन्दी गरेको छ। फ्यान्टा बनाउने क्रममा बत्ती गएका कारण ‘एक्टिवेटर कार्बन’ भन्ने तत्त्व बोतलमा जमेको हुन सक्ने कारखानाका उत्पादन प्रबन्धक सञ्जीव श्रेष्ठले बताएको विभागले जनाएको छ। ु‘कारखानाले जे भने पनि फ्यान्टामा मानव स्वास्थ्यलाई हानि गर्ने विषाक्त अवशेष भेटिएकाले खाद्य ऐनको दूषित महलअन्तर्गत कारबाही गर्ने प्रक्रिया अघि बढाएका छौं’ निरीक्षक धितालले भने। विभागका अनुसार थप बयान र आवश्यक प्रक्रिया अघि बढाउन कारखानाका जिम्मेवार पदाधिकारीलाई सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ। खाद्य ऐन २०२३ को ‘दूषित’ महलअन्तर्गत खाद्यपदार्थ उत्पादन, बिक्रीवितरण निकासी वा पैठारी गर्ने व्यक्ति वा उद्योगलाई पाँच हजार रुपैयाँदेखि १० हजारसम्म जरिबाना वा एक वर्षदेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE