Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

कांग्रेस केन्द्रीय समिति बैठकमा उम्मेदवार छनोटबारे छलफल गर्दै

\"\"काठमाडौं, १५ चैत ।  नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि चलिरहेको छ । विहान ११ बजेदेखि जारी बैठकमा हिजो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्दै छन् । पार्टी सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नु भएको प्रस्ताव र मुलुकको समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेक्रम जारी रहेको छ । बैठकमा आगामी बैशाख ३१ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटबारेमा पनि छलफल हुनेछ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा हिजो २४ भन्दा बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । बैठकमा सभापति देउवाले राखेका नौ एजेन्डामाथि छलफल जारी छ । हिजोको बैठकमा सबैजसो सदस्यले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटको विषयमा धारणा राखेका थिए । स्थानीय तहअनुसार पार्टी संरचना बनिनसकेकाले उम्मेदवारको टिकट कसरी वितरण गर्ने भन्नेमा सदस्यहरूले भिन्न–भिन्न मत राखेका छन् । संस्थापन पक्ष, नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौला पक्षको मत विभाजित छ । कांग्रेस विधानले क्षेत्र र जिल्ला दुवैलाई नगरको टिकट दिने अधिकार दिएको छ । तर, बैठकमा संस्थापन पक्षका नेताहरूले मिल्नेसम्म क्षेत्रीय समितिको सिफारिसमा जिल्ला समितिले टिकट दिने, मिल्न नसकेको स्थानमा केन्द्रबाट नै टिकट दिनुपर्ने गरी मापदण्ड बनाउनुपर्ने धारणा राखेका थिए । पौडेल पक्षका नेताले जिल्ला र क्षेत्रमा रहेको पार्टीको मौजुदा समितिलाई नै स्थानीय तहमा उम्मेदवार चयन गर्ने अधिकार दिनुपर्ने मत राखेका थिए । क्षेत्रीय समितिको सिफारिसमा जिल्ला समितिले उम्मेदवार टुंग्याउनुपर्ने उनीहरूको भनाइ छ । आइतबारबाट सुरु भएको बैठकले यसअघि सभापति देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ भने पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको छ । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समितिसमेत गठन गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending