Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

\"\"चितवन, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ । दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ । निकुञ्ज सुरक्षार्थ श्रीजङ्ग गणको नेतृत्वमा निकुञ्जका कर्मचारी, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान र स्थानीयवासीको अभियानमा साथ र सहयोग छ । महाहन्टकै क्रममा मध्यवर्तीका बासिन्दालाई लाभ पुग्ने गरी बृहत् स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार महाहन्टका क्रममा निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने ६३ जनालाई पक्राउ गरी रु ३२ हजार जरिवाना गरिएको छ । त्यसैगरी अवैध रुपमा ठूलो जाल प्रयोग गरी माछा मार्ने सातजनालाई नियन्त्रणमा लिएर रु छ हजार पाँचसय जरिवाना गरी छाडिएको छ । पासोमा पारी चित्तल मारेको अवस्थामा तीनजनालाई पक्राउ गरी प्रतिव्यक्ति रु एक लाख ७७ हजार तीनसय धरौटीमा तारेखमा राखेर मुद्दा चलाइएको छ । उहाँका अनुसार बिनाइजाजत निकुञ्जमा सालको रुख काट्दै गरेका १२ जनालाई नियन्त्रणमा लिई जनही रु तीन लाख ६२ हजार नौसय ९४ धरौटीमा छाडिएको छ । निकुञ्जको प्रवेशद्वार जगतपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियानकै क्रममा नवलपरासी क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्दै आएका २४ वटा ट्याक्टर, तीनवटा ट्रक र एक जेसिबीलाई जरिवाना गरिएको छ । अभियान गत पुस १५ गतेबाट सञ्चालन गरिएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाका अनुसार यस अभियानअन्तर्गत एकसय विभिन्न गणका सेनाले छवटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ । दि फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्र बक्स गण रौतहटबाट एकसय सेना र भैरव वहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भइरहेका छन् । सेनाले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेको छ भने तीनवटा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेशन हन्ट सञ्चालन गर्दै आएकामा ०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । हाल निकुञ्ज सुरक्षार्थ १५० वटा टोलीबाट नियमित गस्ती हुने गरेको छ, जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्छन् । गस्तीमा पाँचसय ५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ । निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरा जडान गरी २४सै घन्टा निगरानी गरिँदै आएको छ भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सो अभियानले दुर्लभ वन्यजन्तुको चोरी सिकार, वन पैदावार र नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न महाहन्ट सफल भएको उनले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending