Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बंगलादेशसँग नेपाल ८३ रनले पराजित, समूह चरणबाटै बाहिरियो

\"\"काठमाडौं, १५ चैत । बंगलादेशमा जारी इमर्जिङ टिम्स कप क्रिकेटमा नेपाल बंगलादेशसँग ८३ रनले पराजित भएको छ । बंगलादेशले दिएको २५८ रनको लक्ष्य नेपालले ४२. ३ ओभरमा सबै विकेट गुमाएर मात्र १७४ बनाउन सक्यो । लगातार दोस्रो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । मंगलबारको खेलमा ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेका थिएनन् । दिपेन्द्र सिंह ऐरी दिलीप नाथले सबैभन्दा बढी ९८ रनको साझेदारी गरे । त्यस्तै दिलिप नाथ ४१ रनमा आउट भएका थिए । ऐरी ५६ रनमा आउट भएका थिए । यस्तै बिनोद भण्डारीले बिस्फोटक ब्याटिङ गर्दै ३३ रन बनाए । उनले मात्र २३ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए। पहिलो पटक डेब्यु गरेका आसिफ खेखले १२ तथा मेहबुब आलमले १० रन बनाएका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशको यू –२३ टोलीले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय ५७ रन बनाएको थियो ।  २ सय ५८ रनको लक्ष्य पछ्याएको नेपाली टोली पूरा समय टिक्क सकेनन् । नेपाली टोली ४२.३ ओभरमा नै अलआउट हुन पुगेको हो । नेपाली टोलीका दीपेन्द्र सिंह ऐरीले अर्धशतक पार गर्दै ५६ रन जोडे भने दीलिप नाथले ४१ तथा विनोद भण्डारीले ३३ रन र महबुब आलमले १० रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । यसअघि ब्याटिङ गरेको बंगलादेशको नसिर हसनले शतक पार गर्दै अविजित १०९ रन बनाए भने मोमिनुल हकीले अर्धशतक पार गर्दै ६१ रन जोडे । यस्तै, अबुल हसनले २९,  अफिफ हसनले १४, मोहमद सैफुदिनले १३ रन जोडेका थिए । नेपालका अभिनास कर्णले ३, सन्दिप लामिछाने २ तथा ज्ञानेन्द्र मल्ल र महबुब आलमले एक एक विकेट लिएका थिए । समूह ‘बी’ मा नेपालसँगै आयोजक बङ्गलादेश, पाकिस्तान र हङकङ छन् । समूह ‘ए’ मा भारत, श्रीलंका, अफगानिस्तान र मलेसिया छन् । इमर्जिङ कपको सोमबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानको २३ वर्ष मुनीका खेलाडीसँग ६ विकेटले पराजित भएको थियो । एसिसी इमर्जिङ टिम्स कप क्रिकेटमा पारस खड्का अस्वस्थताका कारण खेल्न नसकेपछि ज्ञानेन्द्र मल्लले टिमको कम्तानी सम्हालेका थिए । स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मी तथा पहिलो रोजाइका फाष्ट बलर सोमपाल कामी पनि टिममा छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending